गुल्मी : २४६५ किशोरीलाई एचपीभी खोप लगाइँदै

१९ माघ, गुल्मी ।

राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत गुल्मी जिल्लामा एचपीभी खोप अभियान सञ्चालन हुने भएको छ । अभियानमार्फत जिल्लाका १० देखि १४ वर्ष उमेर समूहका २ हजार ४६५ जना किशोरीलाई एचपिभी खोप लगाइने स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार माघ २५ गतेदेखि फागुन ४ गतेसम्म जिल्लाका २०७ वटा विद्यालयमा स्थापना गरिएका खोप केन्द्रमार्फत खोप सेवा प्रदान गरिनेछ । कक्षा ६ देखि १० सम्म अध्ययनरत १०-१४ वर्ष उमेर समूहका किशोरीहरूलाई लक्षित गरी खोप अभियान सञ्चालन गरिन लागेको हो ।

विद्यालय बाहिर रहेका सोही उमेर समूहका किशोरीहरूलाई समेत खोपको पहुँचमा ल्याइने स्वास्थ्य कार्यालय गुल्मीका जनस्वास्थ्य निरीक्षक ताराबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार खोप अभियानका लागि आवश्यक तयारी करिब पूरा भइसकेको छ ।

प्रकाशित मिति: २०८२ माघ १९ गते

Loading spinner

संबधित खबर

धेरै पढ़िएको

IMG_4851

मुख्यमन्त्री आचार्यको प्रतिबद्धता: त्रिपालनगर-पत्थरदेइया-झिंगहा सडक बन्छ

IMG_4850

कपिलवस्तुमा सुनचाँदी पसलमा चोरी गरेको आरोपमा दुई पाकिस्तानी महिला पक्राउ

IMG_4837

अमेरिका–इरान वार्ताको अर्को चरण छिट्टै सुरु हुन्छ : पाकिस्तानी रक्षामन्त्री

IMG_4836

खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस् : रवि लामिछाने

IMG_4833

ओलीलाई हटाउन पौडेल र पोखरेल एकै ठाउँमा

IMG_4832

सूचनामा कठोर बन्दै सरकार

IMG_4831

आज नयाँ वर्षः हर्षोल्लासका साथ मनाइँदै

IMG_4824

कपिलवस्तुमा हुण्डी कारोबारमा संलग्न युवक १४ लाख भारतीय रुपैयाँसहित पक्राउ