रास्वपाले चुनाव नजित्ने निष्कर्ष निकालेकोले भाँड्न खोजेको छ- ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चुनाव नजित्ने निष्कर्ष नकालेकाले भाँड्न खोजेको बताएका छन्।

शनिबार झापाको भद्रपुर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले रास्वपाले चुनाव भाँड्न खोजेको आरोप लगाए।

मलाई के लाग्छ रास्वपाले चुनाव नजित्ने भन्ने निष्कर्ष निकालेको छ। त्यसकारण कतै झन्डा जलाउने, अमर्यादित, अतुलनीय खालका व्यवहार देखाउने, तनाव बढाउन खोज्ने प्रकारका कुरा देख्न थालिएको छ। यसको अर्थ उनीहरू यो चुनाव भाँड्ने पक्षमा गएको अनुमान गर्न सकिन्छ,’ उनले भने।

रास्वपाले आफ्नो पक्षमा नतिजा आएमा मात्रै चुनाव हुन दिने योजना बनाएको उनले बताए।

‘यसको अर्थ उनीहरू आफ्नो पक्षमा नतिजा आउँछ भने चुनाव हुन दिने, पक्षमा नतिजा हुन नदिने हो भने चुनाव हुन नदिने खालको प्रवृत्ति देखिन्छ,’ उनले भने।

प्रकाशित मिति: २०८२ फाल्गुन १० गते

Loading spinner

संबधित खबर

धेरै पढ़िएको

IMG_4137

पोखराबाट काठमाण्डौको लागि छुटेको बस धादिङमा दुर्घटना, १७ जनाको ज्यान गयो

Nirbachan_aayog

जनप्रतिनिधिलाई निर्वाचन प्रचार प्रसारमा सहभागी नहुन आग्रह

IMG_4108

विश्वव्यापी कर बढाएर १५ प्रतिशत पुर्‍याउने ट्रम्पको घोषणा

IMG_4107

रास्वपाले चुनाव नजित्ने निष्कर्ष निकालेकोले भाँड्न खोजेको छ- ओली

police-lathicharg

सुनसरी : कांग्रेस–रास्वपा विवादपछि प्रहरीद्धारा लाठीचार्ज

bishram

श्रमिककाे न्यूनतम पारिश्रमिक २५ हजार पुर्‍याउने : उम्मेदवार चाैधरी

dang jahnda

दाङमा एमालेको झण्डा जलाएको आरोपमा ३ जना पक्राउ

att._AsIH79A6UACcF-N_KvYscEPd-eqNsSMffrG6q6zzHc

कपिलवस्तुमा शाक्य पितृ स्मरण दिवस चैत्र १ गते मनाइने