एमाले नेता बजरंगी कुर्मी चौधरीद्वारा पार्टी परित्याग : आशिष शर्मालाई समर्थन गर्ने संकेत

नेकपा एमालेका नेता तथा मायादेवी गाउँपालिकाका पूर्व अध्यक्ष बजरंगी कुर्मी चौधरीले पार्टी परित्याग गरेका छन् । जिएनजी आन्दोलनको मर्म अनुसार पार्टी संगठनलाई प्रभावकारी रुपमा अघि बढाउन नसकेको भन्दै उनले एमाले परित्याग गरेको घोषणा गरेका हुन् ।

 

नेता चौधरीले पार्टीभित्रको संगठनात्मक कमजोर अवस्थाका कारण आफूले एमालेबाट अलग हुने निर्णय लिएको जनाएका छन् । पार्टी परित्यागसँगै उनले कपिलवस्तु – १ मा स्वतन्त्र उम्मेदवार आशिष शर्मालाई सघाउने तयारी गरेको बुझिएको छ ।

मायादेवी गाउँपालिकाका पूर्व अध्यक्ष समेत रहेका चौधरीको यस निर्णयलाई स्थानीय राजनीतिमा महत्वपूर्ण रुपमा हेरिएको छ । सो क्षेत्रमा उनको प्रभाव रहेकाले स्वतन्त्र उम्मेदवारलाई समर्थन गर्ने निर्णयले चुनावी समीकरणमा असर पार्ने अनुमान गरिएको छ ।

स्थानीय राजनीतिक वृत्तमा नेता चौधरीको पार्टी परित्याग र नयाँ समर्थन घोषणाले कपिलवस्तु–१ को चुनावी प्रतिस्पर्धा थप रोचक बन्ने देखिएको छ ।

प्रकाशित मिति: २०८२ फाल्गुन ५ गते

Loading spinner

संबधित खबर

धेरै पढ़िएको

IMG_4137

पोखराबाट काठमाण्डौको लागि छुटेको बस धादिङमा दुर्घटना, १७ जनाको ज्यान गयो

Nirbachan_aayog

जनप्रतिनिधिलाई निर्वाचन प्रचार प्रसारमा सहभागी नहुन आग्रह

IMG_4108

विश्वव्यापी कर बढाएर १५ प्रतिशत पुर्‍याउने ट्रम्पको घोषणा

IMG_4107

रास्वपाले चुनाव नजित्ने निष्कर्ष निकालेकोले भाँड्न खोजेको छ- ओली

police-lathicharg

सुनसरी : कांग्रेस–रास्वपा विवादपछि प्रहरीद्धारा लाठीचार्ज

bishram

श्रमिककाे न्यूनतम पारिश्रमिक २५ हजार पुर्‍याउने : उम्मेदवार चाैधरी

dang jahnda

दाङमा एमालेको झण्डा जलाएको आरोपमा ३ जना पक्राउ

att._AsIH79A6UACcF-N_KvYscEPd-eqNsSMffrG6q6zzHc

कपिलवस्तुमा शाक्य पितृ स्मरण दिवस चैत्र १ गते मनाइने