कपिलवस्तुमा माघ २९ गते एमालेको युवा भेला : महेश बस्नेत आउँदै

नेकपा (एमाले) का केन्द्रीय सचिव महेश बस्नेत यही माघ २९ गते कपिलवस्तु आउनुहुने भएको छ।

आसन्न फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनलाई केन्द्रित गरी आयोजना गरिने युवा भेलालाई सम्बोधन गर्न बस्नेत कपिलवस्तु आउन लाग्नुभएको हो।

भक्तपुर निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार समेत रहनुभएका बस्नेत माघ २९ गते बाणगंगा नगरपालिका अन्तर्गत पिस हिमालय रिसोर्ट (ठाकुरपुर) मा आयोजना हुने कार्यक्रममा सहभागी हुनुहुने कार्यक्रम तय भएको छ।

युवा नेता बस्नेतसँगै राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय अध्यक्ष महाराज गुरुङ पनि कार्यक्रममा सहभागी हुने एमाले कपिलवस्तु जिल्ला कमिटी सचिवालय सदस्य तथा युवा इन्चार्ज तेजेन्द्र बहादुर पाण्डेले जानकारी दिनुभएको छ।

पाण्डेले उक्त दिन दिउँसो १ बजे पिस हिमालय रिसोर्टमा उपस्थित भई कार्यक्रममा सहभागिता जनाउन सम्पूर्ण युवा तथा कार्यकर्तालाई अनुरोध गर्नुभएको छ।

एमालेले निर्वाचनलाई लक्षित गर्दै जिल्लामा युवालाई संगठित गर्ने तथा पार्टीको अभियानलाई प्रभावकारी बनाउने उद्देश्यसहित यो भेला आयोजना गर्न लागेको बताइएको छ।

प्रकाशित मिति: २०८२ माघ २८ गते

Loading spinner

संबधित खबर

धेरै पढ़िएको

IMG_1071

धर्मका नाममा राजनीति गर्नेलाई एक भोट पनि नदिनुहोस् : रवि लामिछाने

IMG_3956

तौलिहवामा १ हजारको नक्कली नोट फेला, सतर्क रहन आग्रह

IMG_3955

अराजक गतिविध गर्ने बाणगंगाका रिखिराम भट्टराइलाई अनुसन्धान गर्न अदालतबाट ३ दिन म्याद थप

cb63eef66dffc6564fc2c00e78538de5

सल्यानमा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु, ३ जना घाइते

IMG_3950

कपिलवस्तुमा माघ २९ गते एमालेको युवा भेला : महेश बस्नेत आउँदै

aashish sarama

कपिलवस्तु–१ मा कांग्रेसभित्र विद्रोह, क्षेत्रीय नेताहरू स्वतन्त्र उम्मेदवार आशिष शर्माको पक्षमा

congress kapilvastu

कपिलवस्तु–१ मा कांग्रेसभित्र असन्तुष्टि, टिकट वितरण प्रक्रियाप्रति क्षेत्रीय कार्यसमितिको असहमति

rabi-lamichane

निर्वाचन आचारसंहिता पालन गर्न रवि लामिछानेलाई प्रशासनको चेतावनी