कपिलवस्तु–१ मा कांग्रेसभित्र विद्रोह, क्षेत्रीय नेताहरू स्वतन्त्र उम्मेदवार आशिष शर्माको पक्षमा

कपिलवस्तु — नेपाली कांग्रेस कपिलवस्तु क्षेत्र नं. १ का क्षेत्रीय तथा स्थानीय तहका केही प्रमुख नेताहरूले स्वतन्त्र उम्मेदवार आशिष शर्मालाई समर्थन गर्ने निर्णय गरेका छन्। बाणगंगा–१ मा आयोजित नेता तथा कार्यकर्ताहरूको बैठकले चुनाव चिन्ह ‘जीप’ रहेका शर्मालाई जिताउन सक्रिय रूपमा लाग्ने निष्कर्ष निकालेको कांग्रेस महाधिवेशन प्रतिनिधिले जानकारी दिएका छन्।

बैठकमा कांग्रेस क्षेत्र नं. १ का क्षेत्रीय सभापति अब्दुल मन्नान खाँ, प्रदेश सभा (क) सभापति दुर्गा केसी, मायादेवी गाउँपालिका सभापति शैलेन्द्र प्रसाद दुवे, सुद्धोधन गाउँपालिका सभापति विशम्भर प्रसाद कुर्मी, महाधिवेशन प्रतिनिधिहरू तथा अन्य नेता–कार्यकर्ताहरू सहभागी थिए। क्षेत्रीय सभापति खाँका अनुसार बैठकले सामूहिक रूपमा स्वतन्त्र उम्मेदवारलाई सहयोग गर्ने निर्णय गरेको हो।

यसअघि मात्रै नेपाली कांग्रेस कपिलवस्तु क्षेत्र नं. १ को क्षेत्रीय कार्यसमितिले आगामी २०८२ साल फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि केन्द्रबाट गरिएको टिकट वितरण प्रक्रियाप्रति असहमति जनाएको थियो। सोही विवादको पृष्ठभूमिमा स्थानीय तहका नेताहरूले यस्तो निर्णय गरेको बताइएको छ।

समाचारको अर्को लिंक यहाँ छ।

प्रकाशित मिति: २०८२ माघ २७ गते

Loading spinner

संबधित खबर

धेरै पढ़िएको

IMG_1071

धर्मका नाममा राजनीति गर्नेलाई एक भोट पनि नदिनुहोस् : रवि लामिछाने

IMG_3956

तौलिहवामा १ हजारको नक्कली नोट फेला, सतर्क रहन आग्रह

IMG_3955

अराजक गतिविध गर्ने बाणगंगाका रिखिराम भट्टराइलाई अनुसन्धान गर्न अदालतबाट ३ दिन म्याद थप

cb63eef66dffc6564fc2c00e78538de5

सल्यानमा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु, ३ जना घाइते

IMG_3950

कपिलवस्तुमा माघ २९ गते एमालेको युवा भेला : महेश बस्नेत आउँदै

aashish sarama

कपिलवस्तु–१ मा कांग्रेसभित्र विद्रोह, क्षेत्रीय नेताहरू स्वतन्त्र उम्मेदवार आशिष शर्माको पक्षमा

congress kapilvastu

कपिलवस्तु–१ मा कांग्रेसभित्र असन्तुष्टि, टिकट वितरण प्रक्रियाप्रति क्षेत्रीय कार्यसमितिको असहमति

rabi-lamichane

निर्वाचन आचारसंहिता पालन गर्न रवि लामिछानेलाई प्रशासनको चेतावनी