सामाजिक सञ्जालको दुरुपयोगले निर्वाचन स्वच्छतामा चुनौती

काठमाडौं ।

निर्वाचन नजिकिँदै गएसँगै फेसबुक, टिकटक इन्स्टाग्रामबाट चुनावी प्रचारले तीव्रता पाएको छ । सँगसँगै त्यस्ता माध्यमको दुरुपयोग आयोगको लागि चुनौतीको विषय पनि बन्दै गएको हो ।

निर्वाचन आचारसंहिता लागू गर्नु अगावैदेखि सो विषयलाई चुनौतीका रूपमा लिँदै आएको आयोगले त्यस्ता माध्यमको दुरुपयोग हुन थालेपछि आचारसंहिता उल्लंघन गरेको भन्दै धमाधम स्पष्टीकरण सोध्न थालेको छ ।

आयोगले आचारसंहिता उल्लंघन गरेको भन्दै संघसंस्था र उम्मेदवार गरी हालसम्म ३० जनाभन्दा बढीसँग स्पष्टीकरण लिइसकेको छ । त्यसमा सामाजिक सञ्जालको माध्यमबाट उत्तेजक र लान्छनायुक्त अभिव्यक्ति दिने, एकले अर्काको सम्मानमा आँच पु¥याउने विषयहरू मुख्य रूपमा रहेका छन् ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी सूचना प्रविधिको प्रयोगले आचारसंहिता कार्यान्वयनमा चुनौती थपेको जिकिर गर्दै भन्नुभयो– ‘सामाजिक सञ्जाल तथा डिजिटल प्लेटफर्महरूबाट प्रवाह हुने मिथ्या सूचना, द्वेषपूर्ण अभिव्यक्ति तथा भ्रमपूर्ण जानकारीको नियन्त्रण गर्ने लगायतका विषयमा आयोगको विशेष ध्यान गएको छ ।’

निर्वाचन आचारसंहितामा सामाजिक सञ्जालको गलत प्रयोग र एआईको दुष्प्रचार गरे उम्मेदवारी नै खारेज हुनसक्ने कडा व्यवस्था राखिएको छ । चुनावी राजनीतिमा एआईको दुरुपयोग हुन सक्नेलाई मध्यनजर गर्दै आयोगले आयोगले सामाजिक सञ्जाल, फेक अकाउन्ट र एआईबाट फैलाइने भ्रामक सूचनामाथि कडाइ गर्ने आचारसंहितामा समेटेको हो । विशेषगरी एआईको प्रयोग गरी यथार्थता बंग्याउने, गलत र भ्रामक सूचनाको प्रचार गर्ने कार्यलाई निरुत्साहित गर्न आयोगले सचेतनामुखीभन्दा सजायमुखी तौरतरिका अपनाइएको हो ।

यसैबीच सामाजिक सञ्जाल र प्रविधिको दुरुपयोग रोक्न आफूहरूले पहल गर्ने प्रतिबद्धतासहित आयोग पुगेको टिकटकको प्रतिनिधिमण्डलसँगको भेटका क्रममा उहाँले प्रविधि र सामाजिक सञ्जालमार्फत हुने दुरुपयोग रोक्न सबै पक्षबाट सजगता अपनाउनुपर्ने बताउनुभयो । निर्वाचन आयोगले आगामी निर्वाचनमा सामाजिक सञ्जाल प्लेटफर्महरूसँग समन्वय गरी गलत सूचना, भ्रम फैलाउने सामग्री तथा निर्वाचन आचारसंहिताविपरीतका क्रियाकलाप नियन्त्रण गर्न प्रयास गरिरहेको पनि उहाँले बताउनुभयो ।

यसअघि आयोगले मिथ्या सूचना रोक्न सामाजिक सञ्जाल सञ्चालन गर्ने कम्पनीहरूलाई पत्राचार गरेको थियो । सामाजिक सञ्जाल प्लेटफर्म सञ्चालक मेटा तथा टिकटकका प्रतिनिधिहरूलाई पत्राचार गरिएको थियो । आगामी निर्वाचनमा प्रविधिको दुरुपयोग हुने, निर्वाचनलाई अत्यन्त दखल पार्ने, बिथोल्ने, निर्वाचनको संग्लिएको माहोललाई धमिल्याउने धेरैतिरबाट प्रयास हुने जिकिर गर्दै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले भन्नुभयो– ‘विश्वको नजर अहिले हाम्रो निर्वाचन आयोग र निर्वाचनसँग छ । अब नेपालको निर्वाचनलाई टिकटकमार्फत हामी यसरी सहयोग गर्छौं भनेर जुन प्रतिबद्धता जनाउनुभयो, यो धेरै महत्वपूर्ण छ ।’

विश्वव्यापी रूपमा सामाजिक सञ्जालमार्फत निर्वाचन प्रभावित हुने जोखिम बढ्दै गएको अवस्थामा नेपालको निर्वाचन आयोगले प्रविधिको सकारात्मक प्रयोगलाई प्रोत्साहन गर्दै दुरुपयोग रोक्न कडा कदम चाल्ने तयारी गरेको छ । यसका अतिरिक्त आयोगमा सूचना सम्प्रेषण तथा समन्वय केन्द्रअन्तर्गत रहेर कार्य गर्नेगरी सूचना सदाचार प्रवद्र्धन एकाईले कार्य प्रारम्भ गरेको आयोगले जनाएको छ । आयोगका अनुसार सामाजिक सञ्जाल अनुमगन सफ्टवेयरलाई प्रयोगमा ल्याइएको छ ।

तर, सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने मिथ्या सूचना, दुष्प्रचार, घृणास्पद अभिव्यक्ति, अपव्याख्या, डिप फेक (सत्यजस्तै लाग्ने गरी बनाइएको झुटो सामग्री), झुटो साइट वा एकाउन्ट, निन्दा वा मानहानिलगायतका कार्य भए त्यसको अनुगमन हुने पनि आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताउनुभयो । त्यसको अनुगमन गरी गैरकानुनी कार्यलाई कानुनबमोजिम दण्डित गर्न नियामक निकायहरूसँग सहकार्य गर्दै आयोगको तयारी रहेको छ ।

प्रकाशित मिति: २०८२ माघ २२ गते

Loading spinner

संबधित खबर

धेरै पढ़िएको

IMG_1071

धर्मका नाममा राजनीति गर्नेलाई एक भोट पनि नदिनुहोस् : रवि लामिछाने

IMG_3956

तौलिहवामा १ हजारको नक्कली नोट फेला, सतर्क रहन आग्रह

IMG_3955

अराजक गतिविध गर्ने बाणगंगाका रिखिराम भट्टराइलाई अनुसन्धान गर्न अदालतबाट ३ दिन म्याद थप

cb63eef66dffc6564fc2c00e78538de5

सल्यानमा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु, ३ जना घाइते

IMG_3950

कपिलवस्तुमा माघ २९ गते एमालेको युवा भेला : महेश बस्नेत आउँदै

aashish sarama

कपिलवस्तु–१ मा कांग्रेसभित्र विद्रोह, क्षेत्रीय नेताहरू स्वतन्त्र उम्मेदवार आशिष शर्माको पक्षमा

congress kapilvastu

कपिलवस्तु–१ मा कांग्रेसभित्र असन्तुष्टि, टिकट वितरण प्रक्रियाप्रति क्षेत्रीय कार्यसमितिको असहमति

rabi-lamichane

निर्वाचन आचारसंहिता पालन गर्न रवि लामिछानेलाई प्रशासनको चेतावनी