कपि–कलमबाट रोबोटसम्म : पारिजात पब्लिक स्कुलको स्मार्ट सिकाइ

कपिलवस्तुमा कक्षा कोठाको परिभाषा फेरिँदै गएको छ। पहिले कपि–कलममा सीमित देखिने विद्यार्थीहरू अहिले तार, चिप्स र सेन्सरसँग भविष्य बुन्दै छन्। किताबमा पढेका ज्ञानलाई व्यवहारमा उतार्दै उनीहरू आफ्नै हातले रोबोटिक नमुना निर्माणमा जुटिरहेका छन्।

कपिलवस्तुको बुद्धभूमि नगरपालिका–२ गोरुसिंगेमा रहेको पारिजात पब्लिक स्कुलले युकेको LRC Curriculum अन्तर्गत रोबोटिक्स तालिम सञ्चालन गर्दै विद्यार्थीभित्र लुकेको सिर्जनशीलता, उद्यमी सोच र अन्वेषणात्मक क्षमतालाई उजागर गरेको छ।

विद्यालयका करिब १२० जना विद्यार्थी समूह बनाएर नियमित रूपमा विभिन्न रोबोटिक परियोजनामा व्यस्त छन्। कहिले कागज काट्दै, कहिले रङ भर्दै त कहिले तार जोड्दै उनीहरूले अटोमेटिक सडक बत्ती, ग्यास लिक हुँदा संकेत दिने उपकरण, विद्युतीय गाडी र अटोमेटिक सेनिटाइज गर्ने मेसिन जस्ता नमुना तयार गरिरहेका छन्।

अभिभावकहरूका अनुसार पढाइमा मात्रै सीमित नराखी प्रयोगात्मक सिकाइमा जोड दिँदा विद्यार्थीको आत्मविश्वास र सिर्जनशीलता बढेको छ। यस्ता गतिविधिले बालबालिकामा नयाँ कुरा सोच्ने, सिक्ने र समस्या समाधान गर्ने क्षमता विकास हुने विश्वास लिइएको छ।

विज्ञान, प्रविधि, गणित र इन्जिनियरिङको प्रयोगमार्फत व्यवहारिक सिकाइ गराउने उद्देश्यले विद्यालयले कक्षा सञ्चालन गरिएको हो। यसले विद्यार्थीलाई विज्ञान र प्रविधिप्रति थप आकर्षित बनाउने अपेक्षा गरिएको छ।

विद्यालयका अनुसार रोबोटिक्स जस्ता प्रविधिमा आधारित व्यवहारिक शिक्षाले विद्यार्थीको सिकाइमा मात्र होइन, विद्यालयको समग्र शैक्षिक दृष्टिकोणमै सकारात्मक परिवर्तन ल्याइरहेको छ। त्यसैले अब विद्यालयले यस्ता गतिविधिलाई प्राथमिकताका साथ अघि बढाएको जनाएको छ।

कपिलवस्तुका विद्यार्थीहरूले आज बनाएका यी साना रोबोटिक नमुनाले भोलिका ठूला सम्भावनाको संकेत गरिरहेका छन्। सही अवसर, सही मार्गदर्शन र सिर्जनशील सोच पाए शिक्षा कक्षा कोठामै सीमित नहुने स्पष्ट देखिन्छ।

प्रकाशित मिति: २०८२ माघ २१ गते

Loading spinner

संबधित खबर

धेरै पढ़िएको

IMG_1071

धर्मका नाममा राजनीति गर्नेलाई एक भोट पनि नदिनुहोस् : रवि लामिछाने

IMG_3956

तौलिहवामा १ हजारको नक्कली नोट फेला, सतर्क रहन आग्रह

IMG_3955

अराजक गतिविध गर्ने बाणगंगाका रिखिराम भट्टराइलाई अनुसन्धान गर्न अदालतबाट ३ दिन म्याद थप

cb63eef66dffc6564fc2c00e78538de5

सल्यानमा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु, ३ जना घाइते

IMG_3950

कपिलवस्तुमा माघ २९ गते एमालेको युवा भेला : महेश बस्नेत आउँदै

aashish sarama

कपिलवस्तु–१ मा कांग्रेसभित्र विद्रोह, क्षेत्रीय नेताहरू स्वतन्त्र उम्मेदवार आशिष शर्माको पक्षमा

congress kapilvastu

कपिलवस्तु–१ मा कांग्रेसभित्र असन्तुष्टि, टिकट वितरण प्रक्रियाप्रति क्षेत्रीय कार्यसमितिको असहमति

rabi-lamichane

निर्वाचन आचारसंहिता पालन गर्न रवि लामिछानेलाई प्रशासनको चेतावनी