भृकुटी माविले मनायो ५८औँ वार्षिकोत्सव तथा २३औँ अभिभावक दिवस

भृकुटी माध्यमिक विद्यालय, बुड्ढीले मंगलबार ५८औँ वार्षिकोत्सव तथा २३औँ अभिभावक दिवस विविध कार्यक्रमका साथ मनाएको छ। विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए भने विभिन्न विधामा उत्कृष्ट विद्यार्थीहरूलाई सम्मान गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि वडा नम्बर ४ का वडा अध्यक्ष सुसिल कुमार चौधरीले विद्यालयको शैक्षिक प्रगतिप्रति प्रशंसा गर्दै भृकुटी माविलाई जिल्ला तथा प्रदेशकै उत्कृष्ट शैक्षिक संस्थाका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो। सामुदायिक विद्यालयतर्फ विद्यालयको शैक्षिक नतिजा उत्कृष्ट रहेको उल्लेख गर्दै उहाँले शिक्षक, विद्यार्थी र अभिभावकको सक्रिय भूमिका आवश्यक रहेको बताउनुभयो।

विशिष्ट अतिथि वडा नम्बर ५ का वडा अध्यक्ष रोम बहादुर थापाले विद्यालय यस क्षेत्रकै नमुना विद्यालय बन्न सफल भएको भन्दै शुभकामना व्यक्त गर्नुभयो। साथै विद्यालयको थप स्तरोन्नतिमा ध्यान दिनुपर्ने र विद्यार्थीको शैक्षिक विकासमा विद्यालयसँगै अभिभावकको भूमिका पनि महत्वपूर्ण हुने उहाँको भनाइ थियो।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक बेदप्रकाश भुसालले विद्यालयको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मिनराज बेल्वासेको अध्यक्षता, सहायक प्रधानाध्यापक ईश्वर बहादुर पुनको स्वागत मन्तव्य तथा शिक्षक कृष्णप्रसाद घिमिरेको सञ्चालनमा सम्पन्न भएको थियो।

हाल भृकुटी माध्यमिक विद्यालयमा ९ सय ११ जना विद्यार्थी अध्ययनरत रहेका छन्।

प्रकाशित मिति: २०८२ माघ २० गते

Loading spinner

संबधित खबर

धेरै पढ़िएको

IMG_1071

धर्मका नाममा राजनीति गर्नेलाई एक भोट पनि नदिनुहोस् : रवि लामिछाने

IMG_3956

तौलिहवामा १ हजारको नक्कली नोट फेला, सतर्क रहन आग्रह

IMG_3955

अराजक गतिविध गर्ने बाणगंगाका रिखिराम भट्टराइलाई अनुसन्धान गर्न अदालतबाट ३ दिन म्याद थप

cb63eef66dffc6564fc2c00e78538de5

सल्यानमा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु, ३ जना घाइते

IMG_3950

कपिलवस्तुमा माघ २९ गते एमालेको युवा भेला : महेश बस्नेत आउँदै

aashish sarama

कपिलवस्तु–१ मा कांग्रेसभित्र विद्रोह, क्षेत्रीय नेताहरू स्वतन्त्र उम्मेदवार आशिष शर्माको पक्षमा

congress kapilvastu

कपिलवस्तु–१ मा कांग्रेसभित्र असन्तुष्टि, टिकट वितरण प्रक्रियाप्रति क्षेत्रीय कार्यसमितिको असहमति

rabi-lamichane

निर्वाचन आचारसंहिता पालन गर्न रवि लामिछानेलाई प्रशासनको चेतावनी