पोखरा उपत्यकाको पुम्दीकोटमा महादेवको विशाल मूर्ति निर्माण भएसँगै यो क्षेत्र पर्यटकीय गन्तव्यका रूपमा चिनिन थालेको छ। पोखरा पुग्ने आन्तरिक तथा बाह्य पर्यटकका लागि पुम्दीकोट पछिल्लो समय नयाँ आकर्षणको केन्द्र बन्दै गएको छ।
धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पुम्दीकोटमा भगवान् शिवको ५१ फिट अग्लो मूर्ति निर्माण गरिएको हो। करिब २२ रोपनी क्षेत्रफलमा फैलिएको यस स्थलमा विशाल शिव मूर्तिसँगै १०८ वटा शिवलिंग, डमरु, कलशलगायतका धार्मिक संरचना पनि बनाइएका छन्।
पोखरा बजारबाट करिब १३ किलोमिटर दूरीमा रहेको पुम्दीकोटबाट हिमशृङ्खलाको मनोरम दृश्यसँगै सराङकोट, फेवाताल र पोखरा क्षेत्रको सुन्दर दृश्यावलोकन गर्न सकिन्छ। यही कारणले पनि यो स्थल धार्मिकसँगै प्राकृतिक सौन्दर्य हेर्न चाहने पर्यटकका लागि उपयुक्त गन्तव्य बन्दै गएको छ।
हेर्नुहोस् तस्विर-












प्रकाशित मिति: २०८२ माघ २० गते


