जेन्जी आन्दोलनका माग जायज भए पनि सही हातमा नपुग्दा हाइजेक भयोः बलदेव

कपिलवस्तु – पूर्वमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता चक्रपाणी खनाल ‘बलदेव’ ले जेन्जी आन्दोलनले देशमा चुनावी वातावरण सिर्जना गरेको भए पनि त्यस आन्दोलनलाई केही स्वार्थी पात्रहरूले हाइजेक गरेको आरोप लगाउनुभएको छ।

नेकपा कपिलवस्तु क्षेत्र नम्बर २ को निर्वाचन अगुवा कार्यकर्ता भेलामा प्रमुख अतिथिका रूपमा बोल्दै खनालले जेन्जी आन्दोलनका मागहरू जायज भए पनि जनताले अपेक्षा गरेअनुसारको विकास हासिल नभएको बताउनुभयो। उहाँले, भ्रष्टाचार बढ्दै गएपछि नवपुस्ताले गरेको विद्रोह स्वाभाविक र जायज भए पनि त्यसबाट प्राप्त उपलब्धि सही व्यक्तिले नपाउँदा आन्दोलन हाइजेक भएको टिप्पणी गर्नुभयो।

उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीप्रति लक्षित गर्दै हाल ‘नयाँ’ भनिने पार्टीसँग कुनै इतिहास, योजना, सिद्धान्त वा कार्यक्रम नभएको दाबी गर्नुभयो। खनालले तत्कालीन माओवादीले उठाएका माग र अहिलेको जेन्जी आन्दोलनका माग उस्तै रहेको उल्लेख गर्दै देशको विकास र समृद्धि नेकपा सरकारबाट मात्र सम्भव हुने बताउनुभयो।

आगामी निर्वाचनको तयारीको सन्दर्भमा खनालले नेकपाले समानुपातिकतर्फ २० लाख मत प्राप्त गर्ने र प्रत्यक्षतर्फ पनि धेरै उम्मेदवार विजयी हुने दाबी गर्नुभयो। उहाँले कपिलवस्तु–२ मा पनि नेकपाका उम्मेदवार विजयी हुने विश्वास व्यक्त गर्नुभयो।

खनालले अहिले निर्वाचनको दृढतापूर्वक सामना गर्न सक्ने दुई मात्र पार्टी रहेको उल्लेख गर्दै त्यसमा नेकपा र राष्ट्रिय स्वतन्त्र पार्टीबीच मात्र प्रतिस्पर्धा रहेको बताउनुभयो। उहाँले कांग्रेस आन्तरिक रूपमा कमजोर रहेको र एमाले हाल आलोचनाको केन्द्रमा रहेको टिप्पणी गर्दै कार्यकर्तालाई एकजुट भएर नेकपाको ‘तारा’ चिन्हको उम्मेदवार विजयी गराउन आग्रह गर्नुभयो।

उहाँले कपिलवस्तु–२ मा विकासप्रेमी, अनुशासित तथा निष्कलंक उम्मेदवार बृजेशकुमार गुप्तालाई भारी मतले विजयी गराउन कार्यकर्तालाई विशेष जोड दिनु भयो।

प्रकाशित मिति: २०८२ माघ १८ गते

Loading spinner

संबधित खबर

धेरै पढ़िएको

IMG_1071

धर्मका नाममा राजनीति गर्नेलाई एक भोट पनि नदिनुहोस् : रवि लामिछाने

IMG_3956

तौलिहवामा १ हजारको नक्कली नोट फेला, सतर्क रहन आग्रह

IMG_3955

अराजक गतिविध गर्ने बाणगंगाका रिखिराम भट्टराइलाई अनुसन्धान गर्न अदालतबाट ३ दिन म्याद थप

cb63eef66dffc6564fc2c00e78538de5

सल्यानमा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु, ३ जना घाइते

IMG_3950

कपिलवस्तुमा माघ २९ गते एमालेको युवा भेला : महेश बस्नेत आउँदै

aashish sarama

कपिलवस्तु–१ मा कांग्रेसभित्र विद्रोह, क्षेत्रीय नेताहरू स्वतन्त्र उम्मेदवार आशिष शर्माको पक्षमा

congress kapilvastu

कपिलवस्तु–१ मा कांग्रेसभित्र असन्तुष्टि, टिकट वितरण प्रक्रियाप्रति क्षेत्रीय कार्यसमितिको असहमति

rabi-lamichane

निर्वाचन आचारसंहिता पालन गर्न रवि लामिछानेलाई प्रशासनको चेतावनी