६ महिनामा एक अर्बभन्दा बढी लगानी, तर ८९ उद्योगधन्दा बन्द

कपिलवस्तुमा पछिल्लो ६ महिनाको अवधिमा ४ सय ५ उद्योग तथा व्यवसायिक फर्म दर्ता भएका छन्। तर, सोही अवधिमा सञ्चालन गर्न गाह्रो भएपछि ८९ उद्योगधन्दा बन्द भएका छन्।

जिल्ला घरेलु तथा साना उद्योग कार्यालय कपिलवस्तुका अनुसार चालु आर्थिक वर्ष २०८२/०८३ को साउनदेखि पुस मसान्तसम्म जिल्लामा २ सय ५ साना उद्योग र २ सय वाणिज्य फर्म दर्ता भएका हुन्।

यही अवधिमा भने सञ्चालन गर्न नसक्ने अवस्थामा पुगेका ४५ साना उद्योग र ४४ वाणिज्य फर्मको लगत कट्टा गरिएको कार्यालयका प्रमुख सन्तोष खनालले जानकारी दिनुभयो।

गत आर्थिक वर्ष २०८१/०८२ मा जिल्लामा ३ सय ३३ साना उद्योग र ३ सय ७४ व्यवसायिक फर्म दर्ता भएका थिए। तर सोही वर्षमा २ सय ६५ साना उद्योग र १ सय ३७ व्यवसायिक फर्म बन्द भएका थिए।

प्रमुख खनालका अनुसार चालु आर्थिक वर्षमा उद्योगधन्दा खुल्ने क्रम सन्तोषजनक रहेको छ। चालु आर्थिक वर्षमा हालसम्म ७ सय ४ साना उद्योग र ४ सय २८ व्यवसायिक फर्मले नवीकरण गराएका छन्।

चालु आर्थिक वर्षमा खुलेका साना उद्योगमा ४९ करोड ६ लाख रुपैयाँ तथा वाणिज्य फर्ममा ४९ करोड ९६ लाख रुपैयाँ लगानी भएको खनालले बताए। उद्योग र व्यवसायिक फर्म गरेर ६ महिनामा एक अर्ब रुपैयाँभन्दा बढी लगानी हुनु जिल्लाको आर्थिक गतिविधिका लागि सकारात्मक संकेत भएको उहाँको भनाइ छ।

६ महिनामा खुलेका उद्योगधन्दाबाट ९३ महिला र १ सय ३८ पुरुष उद्यमी बनेका छन् भने तिनै उद्योगबाट ४ सय ३० महिला र ४ सय ५८ पुरुषले रोजगारी पाएका छन्।

प्रमुख खनालका अनुसार ‘जेन्जी आन्दोलन’ का कारण केही समय अन्योलता बढे पनि हाल उद्योगधन्दा खुल्ने क्रममा सुधार आएको छ। यद्यपि, ६ महिनामै ८९ उद्योगधन्दा बन्द हुनु चिन्ताको विषय भएको उहाँले बताउनुभयो। युवाको बढ्दो वैदेशिक पलायनले उद्योग र व्यापार क्षेत्रमा प्रत्यक्ष असर परेको पनि उहाँको भनाइ छ।

कपिलवस्तु उद्योग व्यापार संघका अध्यक्ष गणेश क्षेत्रीले जिल्लामा ६ महिनामा ४ सयभन्दा बढी उद्योगधन्दा खुल्नु सकारात्मक भए पनि व्यवसायमैत्री वातावरण अझै बन्न नसकेको बताए। साना उद्योग र व्यापारलाई सरकारले पर्याप्त प्रबर्द्धन गर्न नसक्दा खुलेका उद्योगधन्दा समेत छिट्टै बन्द हुने अवस्था आएको उहाँले उल्लेख गर्नुभयो।

उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य जमसेर अली मियाले हालको अवस्थालाई उद्योग र व्यापार गर्न नसकिने संकेतका रूपमा लिँदै सरकारले ठोस कदम नचाले धेरै उद्योग तथा व्यवसाय बन्द हुने जोखिम रहेको चेतावनी दिनुभयो।

प्रकाशित मिति: २०८२ माघ १५ गते

Loading spinner

संबधित खबर

धेरै पढ़िएको

IMG_1071

धर्मका नाममा राजनीति गर्नेलाई एक भोट पनि नदिनुहोस् : रवि लामिछाने

IMG_3956

तौलिहवामा १ हजारको नक्कली नोट फेला, सतर्क रहन आग्रह

IMG_3955

अराजक गतिविध गर्ने बाणगंगाका रिखिराम भट्टराइलाई अनुसन्धान गर्न अदालतबाट ३ दिन म्याद थप

cb63eef66dffc6564fc2c00e78538de5

सल्यानमा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु, ३ जना घाइते

IMG_3950

कपिलवस्तुमा माघ २९ गते एमालेको युवा भेला : महेश बस्नेत आउँदै

aashish sarama

कपिलवस्तु–१ मा कांग्रेसभित्र विद्रोह, क्षेत्रीय नेताहरू स्वतन्त्र उम्मेदवार आशिष शर्माको पक्षमा

congress kapilvastu

कपिलवस्तु–१ मा कांग्रेसभित्र असन्तुष्टि, टिकट वितरण प्रक्रियाप्रति क्षेत्रीय कार्यसमितिको असहमति

rabi-lamichane

निर्वाचन आचारसंहिता पालन गर्न रवि लामिछानेलाई प्रशासनको चेतावनी