कपिलवस्तु ।
कपिलवस्तु जिल्लाको बुद्धभूमि नगरपालिका–४, बुड्ढीमा अवस्थित सिद्धार्थ गौतम मेमोरियल इङ्लिस बोडिङ्ग स्कुलमा “सिद्धार्थ डान्स आइडल–२०८२” भव्य रूपमा सम्पन्न भएको छ। विद्यार्थीहरूमा लुकेका प्रतिभा पहिचान गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा कक्षा ४ देखि ८ सम्मका विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो।
कार्यक्रम विध्यालयका प्रधानाध्यापक हरि प्रसाद खनालको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रमका प्रमुख अतिथि विध्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपक प्रसाद भुसालले यस्ता अतिरिक्त क्रियाकलापले विद्यार्थीको आत्मविश्वास, अनुशासन र नेतृत्व क्षमता विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले भन्नुभयो, “पढाइसँगै नृत्य, संगीत र सिर्जनात्मक गतिविधिमा सहभागी हुँदा विद्यार्थी सर्वाङ्गीण रूपमा सक्षम बन्छन्।”

विद्यालयका प्रधानाध्यापक हरि प्रसाद खनाल ले विद्यालयले शैक्षिक गुणस्तरसँगै अतिरिक्त क्रियाकलापलाई पनि समान प्राथमिकता दिँदै आएको बताउनुभयो। उहाँका अनुसार, “यस प्रकारका कार्यक्रमले विद्यार्थीको मंच भय हट्ने, आत्मविश्वास बढ्ने, सहकार्य र प्रतिस्पर्धी भावना विकास हुने गर्दछ।”
डान्स प्रतियोगिता कक्षा समूह अनुसार सञ्चालन गरिएको । कक्षा ४–५ समूहतर्फ
प्रथम मोनिका थापा, द्वितीय कृतिका कुँवर, तृतीय प्राप्ति चौधरी र सान्त्वना मुस्कान भुसाल हुन सफल भए।
त्यसैगरी कक्षा ६–८ समुह तर्फ प्रथम कृष्टिना पन्थी, द्वितीय समृद्धि शाही, तृतीय अ्म्बिका थारु र सान्त्वना सिम्रन अधिकारीले स्थान हासिल गरेका छन्।
निर्णायक मण्डलले प्रस्तुति, तालमेल, स्टेप्स, आत्मविश्वास र समग्र प्रभावका आधारमा निष्पक्ष मूल्याङ्कन गरेको विद्यालयले जनाएको छ ।

सिद्धार्थ गौतम मेमोरियल इङ्लिस बोडिङ्ग स्कुल पछिल्लो समय गुणस्तरीय शिक्षण, अनुशासित वातावरण, अनुभवी शिक्षक टोली तथा अतिरिक्त क्रियाकलापमा सक्रियताका कारण विद्यार्थी र अभिभावकको रोजाइमा पर्दै आएको छ। पढाइसँगै खेलकुद, सांस्कृतिक तथा सिर्जनात्मक कार्यक्रमलाई विद्यालयले विशेष प्राथमिकता दिँदै आएको छ।
कार्यक्रमले विद्यार्थीहरूको सिर्जनशीलता विकास, आत्मविश्वास अभिवृद्धि र सामाजिक सीप बढाउन सकारात्मक प्रभाव पारेको सहभागी अभिभावकहरूको भनाइ छ। विद्यालय प्रशासनले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।
प्रकाशित मिति: २०८२ माघ ९ गते


