कपिलवस्तु जिल्ला स्तरिय क्रिकेट प्रतियोगिता, बुद्धभूमि नगर स्तरीय पुरुष अन्डर-१७ ब्याडमिन्टन प्रतियोगिता हुदै

कुरा नेपाल कपिलवस्तु।

जिल्लामा क्रिकेटप्रेमीहरूका लागि उत्साहजनक खेलको आयोजना हुने भएको छ । बुद्धभूमि नगरपालिकाको धानसौलीमा आयोजना हुन लागेको जिल्ला स्तरिय क्रिकेट प्रतियोगिता माघ ५ गते देखि १० गतेसम्म सञ्चालन हुने भएको छ।

प्रतियोगितामा पुरुष अन्डर-१७ ब्याडमिन्टन प्रतियोगितासहित क्रिकेट खेल समावेश हुनेछ। सहभागी हुनका लागि खेलाडीहरूले १,१०० रुपैयाँ शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको छ।

प्रतियोगितामा प्रथम पुरस्कार विजेतालाई कप, मेडल, प्रमाण-पत्र र रु १५,००० नगद प्रदान गरिनेछ भने दोस्रो पुरस्कार विजेतालाई कप, मेडल, प्रमाण-पत्र र रु ९,००० नगद प्रदान गरिनेछ।

प्रतियोगिताका नियम अनुसार एल.बी.डब्ल्यू बाहेक सबै नियम लागू हुने, निर्णायकको निर्णय अन्तिम मानिने, कुनै पनि विवादमा क्रिकेट समितिको निर्णय मान्य हुने, खेलाडी आफैं जिम्मेवार हुने र म्याच मेनेजरले मेडलको व्यवस्था गर्ने जस्ता व्यवस्था गरिएको छ।

प्रतियोगिता बुद्धभूमि नगरपालिका न.पा.–८, धानसौलीमा आयोजना हुने भएकोले यहाँका स्थानीय युवा र क्रिकेटप्रेमीले उत्साहका साथ तयारी थालेका छन्। पहिलो म्याच १०/१० ओभर र फाइनल म्याच १२/१२ ओभरको हुने आयोजकले जनाएको छ।

श्री साजन सप्लायर्स, बुद्धभूमि नगरपालिका–२ गोरुसिंगेको आयोजना प्रतियोगिता संचालन हुनेछ। प्रतियोगितामा सहभागी हुन इच्छुक खेलाडीहरूले सम्बन्धित सम्पर्क नम्बर ९८२७८६७९७८ / ९८०५०९९९४५ / ९७०६०५६३७३ बाट जानकारी लिन सक्नेछन्।

प्रकाशित मिति: २०८२ माघ १ गते

Loading spinner

संबधित खबर

धेरै पढ़िएको

IMG_1071

धर्मका नाममा राजनीति गर्नेलाई एक भोट पनि नदिनुहोस् : रवि लामिछाने

IMG_3956

तौलिहवामा १ हजारको नक्कली नोट फेला, सतर्क रहन आग्रह

IMG_3955

अराजक गतिविध गर्ने बाणगंगाका रिखिराम भट्टराइलाई अनुसन्धान गर्न अदालतबाट ३ दिन म्याद थप

cb63eef66dffc6564fc2c00e78538de5

सल्यानमा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु, ३ जना घाइते

IMG_3950

कपिलवस्तुमा माघ २९ गते एमालेको युवा भेला : महेश बस्नेत आउँदै

aashish sarama

कपिलवस्तु–१ मा कांग्रेसभित्र विद्रोह, क्षेत्रीय नेताहरू स्वतन्त्र उम्मेदवार आशिष शर्माको पक्षमा

congress kapilvastu

कपिलवस्तु–१ मा कांग्रेसभित्र असन्तुष्टि, टिकट वितरण प्रक्रियाप्रति क्षेत्रीय कार्यसमितिको असहमति

rabi-lamichane

निर्वाचन आचारसंहिता पालन गर्न रवि लामिछानेलाई प्रशासनको चेतावनी