उत्साह र प्रतिभाले भरिएको पारिजात पब्लिक स्कुलमा खेलकुद सप्ताह सुरु

कुरा नेपाल बुद्धभूमि।
पारिजात पब्लिक स्कुल बुद्धभूमि–२ गोरुसिंगेले वार्षिक खेलकुद सप्ताह–२०८२ को भव्य सुरुवात गरेको छ। विद्यालयको खेलमैदानमा आयोजित विशेष समारोहबीच सप्ताहको उद्घाटन स्कुल व्यवस्थापन समितिका अध्यक्ष विश्वराज खनालले गर्नु भयो।

उद्घाटन कार्यक्रमका प्रमुख अतिथि समेत रहेका अध्यक्ष खनालले खेलकुदले विद्यार्थीलाई अनुशासन, एकता, प्रतिस्पर्धा र नेतृत्व सीप प्राप्त गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।
“पढाइको जति महत्व छ, त्यत्तिकै महत्व खेलकुदको पनि छ। खेलले विद्यार्थीलाई आत्मविश्वासी र लक्ष्य केन्द्रित बनाउँछ,” अध्यक्ष खनालले भन्नुभयो।

स्कुलका प्रिन्सिपल राजेन्द्र पिसीले खेलकुद सप्ताह विद्यालयको वार्षिक गतिविधिको महत्वपूर्ण हिस्सा भएको बताउँदै यसले विद्यार्थीको शारीरिक, मानसिक र सामाजिक विकासमा ठुलो योगदान गर्ने उल्लेख गर्नुभयो।
“विद्यार्थीले कक्षाभन्दा बाहिर पनि सिक्नुपर्छ। खेलकुदले सिकाउने अनुशासन, टीमवर्क र धैर्यले उनीहरूको भविष्य मजबुत बनाउँछ,” प्रिन्सिपल पिसीले भन्नुभयो।

खेलकुद सप्ताहमा भलिवल, फुटवल, क्रिकेट, हाइजम्प, लंगजम्प, त्रिपाल जम्प, सट पुट, ज्वावलिङ्ग थ्रो, १००,२००,८००,१५००,३००० मिटर दौड (४४०० र ४१००) रिले दौड लगायतका मनोरञ्जनात्मक तथा प्रतिस्पर्धात्मक खेलहरु हुनेछन। सहभागी विद्यार्थीलाई विभिन्न समूहमा विभाजन गरिएको विद्यालयले जानकारी दिएको छ।

कार्यक्रममा शिक्षक, अभिभावक, विद्यार्थी तथा स्थानीयको उत्साहजनक उपस्थिति थियो। खेलकुद सप्ताह आगामी केही दिनसम्म निरन्तर सञ्चालन हुनेछ।

प्रकाशित मिति: २०८२ मंसिर २ गते

Loading spinner

संबधित खबर

धेरै पढ़िएको

IMG_1071

धर्मका नाममा राजनीति गर्नेलाई एक भोट पनि नदिनुहोस् : रवि लामिछाने

IMG_3956

तौलिहवामा १ हजारको नक्कली नोट फेला, सतर्क रहन आग्रह

IMG_3955

अराजक गतिविध गर्ने बाणगंगाका रिखिराम भट्टराइलाई अनुसन्धान गर्न अदालतबाट ३ दिन म्याद थप

cb63eef66dffc6564fc2c00e78538de5

सल्यानमा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु, ३ जना घाइते

IMG_3950

कपिलवस्तुमा माघ २९ गते एमालेको युवा भेला : महेश बस्नेत आउँदै

aashish sarama

कपिलवस्तु–१ मा कांग्रेसभित्र विद्रोह, क्षेत्रीय नेताहरू स्वतन्त्र उम्मेदवार आशिष शर्माको पक्षमा

congress kapilvastu

कपिलवस्तु–१ मा कांग्रेसभित्र असन्तुष्टि, टिकट वितरण प्रक्रियाप्रति क्षेत्रीय कार्यसमितिको असहमति

rabi-lamichane

निर्वाचन आचारसंहिता पालन गर्न रवि लामिछानेलाई प्रशासनको चेतावनी