दाङ । नेकपा एमाले दाङको जनसंगठन समन्वय संयन्त्रले आइतबार घोराहीमा शान्तिपूर्ण जनजागरण र्याली आयोजना गरेको छ।
भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा भएका घटनाको सत्यतथ्य छानबिन, दोषीमाथि कडा कारबाही, नागरिकमा शान्ति–सुरक्षाको प्रत्याभूति र लुटिएका सरकारी तथा व्यक्तिगत सम्पत्तिको फिर्ता माग गर्दै र्याली निकालिएको हो।
घोराही बजार परिक्रमा गरेको सो र्यालीमा एमालेका नेता–कार्यकर्ता, विभिन्न जनसंगठनका प्रतिनिधि तथा स्थानीय नागरिकहरूको सहभागिता रहेको थियो।
र्यालीमार्फत सहभागीहरूले समाजमा शान्ति, स्थिरता र उत्तरदायित्वपूर्ण शासनको माग गरेका थिए।
प्रकाशित मिति: २०८२ आश्विन २६ गते


