२७ वर्षपछि नर्वे विश्वकप नजिक

एर्लिङ हालान्डको ह्याट्रिक मद्दतमा नर्वे २७ वर्षपछि फिफा विश्वकपको नजिक पुगेको छ।

शनिबार राति भएको खेलमा इजरायलमाथि ५–० को फराकिले जित निकाल्दै नर्वे विश्वकप छनोट हुने सम्भावना थप बलियो बनाएको हो।
जितसँगै नर्वे सन् १९९८ पछि विश्वकप नजिक पुगेको छ।

इजरायलका गोलरक्षक डेनियल पेरेट्जले नर्वे विरुद्ध उत्कृष्ट प्रर्दशन गरेपनि टोलीलाई हारबाट बचाउन भने सकेनन्।

नर्वेको जितमा हालान्डले ह्याट्रिक पूरा गरे। इजरायलका दुई खेलाडीले ह्याट्रिक पूरा गरे।

इजरायलका मिडफिल्डर अनान खलाइलीले अलेक्ज्यान्डर सोर्लोथको क्रसमा आफ्नै पोष्टमा गोल गर्दा नर्वेले उपहार गोल पायो। इजरायलका लागि अर्को आत्मघाति गोल इदान नाचमियासले गरे।

समुह चरणमा अपराजित रहेको नर्वेले ६ खेलबाट १८ अंक जोडेको छ। दोस्रो स्थानमा रहेको इटालीको ५ खेलबाट १२ अंक छ।

गएराति भएको अर्को खेलमा टर्कीले बुल्गेरियामाथि ६–१ को नजिक पुगेको छ। स्पेनले जर्जियालाई तथा हंगेरीले अर्मेनियामाथि समान २–० को जित निकालेका छन्।

पोर्चुगलले आयरल्यान्डलाई १–० ले हराउँदा इटालीले इस्टोनियालाई ३–० ले र अल्बानियाले सर्वियालाई १–० ले पाखा लगाए।

प्रकाशित मिति: २०८२ आश्विन २६ गते

Loading spinner

संबधित खबर

धेरै पढ़िएको

IMG_1071

धर्मका नाममा राजनीति गर्नेलाई एक भोट पनि नदिनुहोस् : रवि लामिछाने

IMG_3956

तौलिहवामा १ हजारको नक्कली नोट फेला, सतर्क रहन आग्रह

IMG_3955

अराजक गतिविध गर्ने बाणगंगाका रिखिराम भट्टराइलाई अनुसन्धान गर्न अदालतबाट ३ दिन म्याद थप

cb63eef66dffc6564fc2c00e78538de5

सल्यानमा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु, ३ जना घाइते

IMG_3950

कपिलवस्तुमा माघ २९ गते एमालेको युवा भेला : महेश बस्नेत आउँदै

aashish sarama

कपिलवस्तु–१ मा कांग्रेसभित्र विद्रोह, क्षेत्रीय नेताहरू स्वतन्त्र उम्मेदवार आशिष शर्माको पक्षमा

congress kapilvastu

कपिलवस्तु–१ मा कांग्रेसभित्र असन्तुष्टि, टिकट वितरण प्रक्रियाप्रति क्षेत्रीय कार्यसमितिको असहमति

rabi-lamichane

निर्वाचन आचारसंहिता पालन गर्न रवि लामिछानेलाई प्रशासनको चेतावनी