सडक दुर्घटनाले अधुरो बनायो लोचनको रारा पुग्ने सपना

झापाका युवा अभियन्ता र ट्रेकिङप्रेमी लोचन पौडेलको सपना अधुरै रह्यो। साथीहरूसँग रारा घुम्न निस्किएका उनी बुटवल–गोरुसिङ्गे सडकखण्डमा मोटरसाइकल दुर्घटनामा परेर ज्यान गुमाए।

शुक्रबार साँझ करिब ५ बजे भएको दुर्घटनामा झापाको बुद्धशान्ति गाउँपालिकाका पौडेल गम्भीर घाइते भए। उनको उपचारका लागि कपिलवस्तु अस्पताल लगिएको थियो, तर चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

पौडेल बुद्धभूमि नगरपालिका–२, गोरुसिङ्गेमा प्र १–०१–०१४ प १८६४ नम्बरको मोटरसाइकलमा सवार अवस्थामा, पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा प्र ०१–००३२ च ८७६६ नम्बरको भ्यानसँग ठोक्किएका थिए। त्यसपछि मोटरसाइकल पुनः लु ३ च ७५७ नम्बरको स्कारपियोसँग ठोक्किएको थियो।

गम्भीर घाइते भएपछि उपचारका लागि अस्पताल पुर्याइएको भए पनि उनको ज्यान जोगाउन सकिएन।

मृतक लोचन पौडेल ट्रेकिङ अभियान ‘ट्रेक ८५८६’का सदस्य थिए। उनी “केचना देखी लोवुचे” अभियानमार्फत पर्यटन प्रवर्द्धन गर्ने योजना राख्थे। उनका सहकर्मी दीपेन्द्र गणेशका अनुसार, पौडेलको सक्रियता र उमंगले स्थानीय युवाहरूमा प्रेरणाको स्रोत बनेको थियो।

यो दुर्घटनाले केवल परिवार र साथीहरूलाई मात्र होइन, कपिलवस्तु र झापाका युवाहरूमाझ समेत गहिरो शोक छाएको छ।

प्रकाशित मिति: २०८२ आश्विन २५ गते

Loading spinner

संबधित खबर

धेरै पढ़िएको

IMG_1071

धर्मका नाममा राजनीति गर्नेलाई एक भोट पनि नदिनुहोस् : रवि लामिछाने

IMG_3956

तौलिहवामा १ हजारको नक्कली नोट फेला, सतर्क रहन आग्रह

IMG_3955

अराजक गतिविध गर्ने बाणगंगाका रिखिराम भट्टराइलाई अनुसन्धान गर्न अदालतबाट ३ दिन म्याद थप

cb63eef66dffc6564fc2c00e78538de5

सल्यानमा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु, ३ जना घाइते

IMG_3950

कपिलवस्तुमा माघ २९ गते एमालेको युवा भेला : महेश बस्नेत आउँदै

aashish sarama

कपिलवस्तु–१ मा कांग्रेसभित्र विद्रोह, क्षेत्रीय नेताहरू स्वतन्त्र उम्मेदवार आशिष शर्माको पक्षमा

congress kapilvastu

कपिलवस्तु–१ मा कांग्रेसभित्र असन्तुष्टि, टिकट वितरण प्रक्रियाप्रति क्षेत्रीय कार्यसमितिको असहमति

rabi-lamichane

निर्वाचन आचारसंहिता पालन गर्न रवि लामिछानेलाई प्रशासनको चेतावनी