काठमाडौं — राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरले जनाएको छ।
शनिबार बिहान अस्वस्थ भएपछि उनलाई महाराजगन्जस्थित उक्त अस्पतालमा भर्ना गरिएको हो। अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. रत्नमणि गजुरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “हाल सम्माननीयज्यूको स्वास्थ्य परीक्षण भइरहेको छ, उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी गराउँछौं।”
राष्ट्रपति पौडेल शनिबार बिहान जेनजी आन्दोलनका प्रतिनिधिहरूसँग वार्ता गर्ने तयारीमा थिए। तर वार्ताअघि नै स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल लगिएको राष्ट्रपति कार्यालयले जनाएको छ।
जेनजीसँगको अर्को वार्ता आगामी सोमबारका लागि तय गरिएको छ।

प्रकाशित मिति: २०८२ आश्विन २५ गते


