घोडाघोडी हत्या काण्ड : भारतमा समेत चक्कु प्रहार गरी जेल बसिसकेका युवकले गरे अर्को हत्या

कैलालीको घोडाघोडी नगरपालिका–१० मा भएको हत्या काण्डमा पक्राउ परेका एक अभियुक्त भारतमा पनि हिंसात्मक घटनामा संलग्न रहेको तथ्य खुलेको छ।

इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) रमेशदत्त अवस्थीका अनुसार, पक्राउ परेका १९ वर्षीय बलबहादुर विकले दुई वर्षअघि भारतको रत्नागिरीमा एक भारतीय नागरिकमाथि चक्कु प्रहार गरेका थिए। सो घटनामा उनी दुई वर्ष जेल सजाय भोगी करिब पाँच–छ महिनाअघि मात्रै नेपाल फर्किएका थिए।

यिनै विकले स्थानीय २८ वर्षीय केशरबहादुर बुढाको हत्या गरेको अभियोगमा पक्राउ परेका छन्। उनले १९ वर्षीय गङ्गा बुढासँग मिलेर घाँटी रेटी हत्या गरेको प्रहरीले जनाएको छ।

डिएसपी अवस्थीका अनुसार, हत्या गरेर मृतकको टाउको बोकेर प्रहरी चौकीतर्फ आउँदै गर्दा दुवै अभियुक्त पक्राउ परेका हुन्। “प्रहरी टोली नियमित गस्तीमा थियो, आफूहरूले हत्या गरेको भन्दै उनीहरूले टाउको देखाएपछि नियन्त्रणमा लिइयो,” अवस्थीले बताए।

प्रारम्भिक अनुसन्धानले घटना मदिरा सेवनपछि भएको विवादका क्रममा भएको देखाएको छ। प्रहरीका अनुसार, मृतक र अभियुक्तबीच पहिल्यै परिचय थिएन। विवाद तीव्र बन्दै गएपछि विक र गङ्गाले धारिलो हतियार प्रयोग गरी हत्या गरेका हुन्।

घटनापछि उनीहरू प्रतिखेतस्थित आफ्नी दिदीको घर पुगेका थिए। दिदीले आमालाई फोन गरेपछि आमाले घर नआउन सल्लाह दिएकी थिइन्। त्यसपछि उनीहरू प्रहरी चौकीतर्फ आएका थिए।

मृतक केशरबहादुरका आमाबुबा सुर्खेत चौकुने गाउँपालिका–३ मा बस्दै आएका छन्, भने उनकी श्रीमती र सन्तान घोडाघोडीमै छन्।

प्रहरीका अनुसार आफन्तहरू सुर्खेतबाट कैलाली पुगिसकेका छन् र घटनाबारे जाहेरी दर्ता प्रक्रिया सुरु भएको छ। प्रहरीले म्याद थप गरेर थप अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रकाशित मिति: २०८२ आश्विन २५ गते

Loading spinner

संबधित खबर

धेरै पढ़िएको

IMG_1071

धर्मका नाममा राजनीति गर्नेलाई एक भोट पनि नदिनुहोस् : रवि लामिछाने

IMG_3956

तौलिहवामा १ हजारको नक्कली नोट फेला, सतर्क रहन आग्रह

IMG_3955

अराजक गतिविध गर्ने बाणगंगाका रिखिराम भट्टराइलाई अनुसन्धान गर्न अदालतबाट ३ दिन म्याद थप

cb63eef66dffc6564fc2c00e78538de5

सल्यानमा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु, ३ जना घाइते

IMG_3950

कपिलवस्तुमा माघ २९ गते एमालेको युवा भेला : महेश बस्नेत आउँदै

aashish sarama

कपिलवस्तु–१ मा कांग्रेसभित्र विद्रोह, क्षेत्रीय नेताहरू स्वतन्त्र उम्मेदवार आशिष शर्माको पक्षमा

congress kapilvastu

कपिलवस्तु–१ मा कांग्रेसभित्र असन्तुष्टि, टिकट वितरण प्रक्रियाप्रति क्षेत्रीय कार्यसमितिको असहमति

rabi-lamichane

निर्वाचन आचारसंहिता पालन गर्न रवि लामिछानेलाई प्रशासनको चेतावनी