बुद्धभूमिका युवाले गठन गरे “बुद्धभूमि युवा समाज” – कुशासन, भ्रष्टाचार र बेथितिविरुद्धको एकजुट अभियान

कपिलवस्तु जिल्लाको बुद्धभूमि नगरपालिका निवासी युवाहरूले “बुद्धभूमि युवा समाज” नामक संगठन गठन गरेका छन्। भदौ २३ र २४ गते देशभर भएका Gen-Z युवाहरूको आन्दोलनमा युवाको ज्यान गएको घटनापछि उत्पन्न विषम परिस्थितिलाई दृष्टिगत गर्दै यो समाज गठन गरिएको हो।

संस्थाको घोषणा सभा असोज २५ गते सम्पन्न भएको हो। समाजले भ्रष्टाचार, कुशासन, नातावाद, बेथिति र विसंगति विरुद्ध आवाज उठाउने, सामाजिक चेतना फैलाउने र विपद्को समयमा सहयोग पुर्‍याउने उद्देश्य राखेको छ।

संस्थाको अध्यक्षमा विरेन्द्र थापा, उपाध्यक्षमा प्रदिप खरेल, सचिवमा दिपेन्द्र कुमार चौधरी, सह–सचिवमा रोशन आचार्य, कोषाध्यक्षमा सुमन खड्का र सदस्यहरूमा सुनिल भण्डारी, टेकराज चौधरी, विकास जीसी, अमित बेल्बासे, प्रवीण थारु र चिन्तामणि (सन्तोष) घिमिरे चयन भएका छन्।

सचिव दिपेन्द्र चौधरीका अनुसार, “भ्रष्टाचार, नातावाद र कुशासनका विरुद्ध बुद्धभूमिका युवाहरू एकताबद्ध भएका छन्। शासकको दमनले युवालाई डराउन सक्दैन। अब युवाहरू जनताको पक्षमा एक स्वरमा बोल्नेछन्,” उनले बताए।

अध्यक्ष विरेन्द्र थापाले भने, “देशमा मौलाएको नातावाद र कुशासनले युवाको भविष्यमा गम्भीर असर पारेको छ। अब हामी मौन बस्ने छैनौं। बुद्धभूमि युवा समाजले पारदर्शिता, सुशासन र उत्तरदायित्वपूर्ण नागरिक चेतना फैलाउनेछ।”

समाजका युवाहरूले राजनीतिक स्वार्थभन्दा माथि उठी जनहितका विषयमा जागरण र खबरदारी गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।

प्रकाशित मिति: २०८२ आश्विन २५ गते

Loading spinner

संबधित खबर

धेरै पढ़िएको

IMG_1071

धर्मका नाममा राजनीति गर्नेलाई एक भोट पनि नदिनुहोस् : रवि लामिछाने

IMG_3956

तौलिहवामा १ हजारको नक्कली नोट फेला, सतर्क रहन आग्रह

IMG_3955

अराजक गतिविध गर्ने बाणगंगाका रिखिराम भट्टराइलाई अनुसन्धान गर्न अदालतबाट ३ दिन म्याद थप

cb63eef66dffc6564fc2c00e78538de5

सल्यानमा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु, ३ जना घाइते

IMG_3950

कपिलवस्तुमा माघ २९ गते एमालेको युवा भेला : महेश बस्नेत आउँदै

aashish sarama

कपिलवस्तु–१ मा कांग्रेसभित्र विद्रोह, क्षेत्रीय नेताहरू स्वतन्त्र उम्मेदवार आशिष शर्माको पक्षमा

congress kapilvastu

कपिलवस्तु–१ मा कांग्रेसभित्र असन्तुष्टि, टिकट वितरण प्रक्रियाप्रति क्षेत्रीय कार्यसमितिको असहमति

rabi-lamichane

निर्वाचन आचारसंहिता पालन गर्न रवि लामिछानेलाई प्रशासनको चेतावनी