नेकपा (एमाले) को सचिवालय बैठक स्थगित गरिएको छ। अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएपछि आइतबारका लागि तय गरिएको बैठक स्थगित गरिएको उपमहासचिव विष्णु रिमालले जानकारी दिए।
उनका अनुसार शुक्रबार साँझ रातिसम्म करिब आठ घण्टासम्म लगातार बैठक चलेकाले अध्यक्ष ओलीसहित नेताहरू थकित भएका थिए। “अध्यक्षज्यूलाई सामान्य स्वास्थ्य समस्या भएको छ, त्यसैले आज आराम गर्ने निर्णय गरिएको हो,” रिमालले भने।
स्थगित बैठक सोमबार बिहान ११ बजेबाट पुनः सुरु हुने सचिवालय स्रोतले जनाएको छ।
प्रकाशित मिति: २०८२ आश्विन २५ गते


