आज बडादशैं, टीकाको उत्तम साइत ११ः५३ बजे

नेपालीहरुको महान पर्व बडादशैंको मुख्य दिन विजयादशमी आज देशभर धूमधामसहित मनाइँदैछ । यस दिन मान्यजनको हातबाट टीका र जमरा ग्रहण गरी आशीर्वाद लिने परम्परा रहिआएको छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका लगाउने उत्तम साइत बिहान ११:५३ बजे रहेको छ। टीका ग्रहण गर्दा व्यक्तिले पूर्वतर्फ र लगाइदिने व्यक्तिले पश्चिमतर्फ फर्किनुपर्ने धार्मिक विधि मानिन्छ।

यस्तै, समितिले दिएको जानकारीअनुसार देवी विसर्जनको साइत बिहान ९:२३ बजे रहेको छ। विसर्जन सम्पन्न भएपछि दिनभर दुर्गा भवानीको प्रसाद ग्रहण गर्न सकिने भए पनि साइत खोज्नेका लागि बिहान ११:५३ बजे नै विशेष शुभ मानिएको छ।

प्रकाशित मिति: २०८२ आश्विन १६ गते

Loading spinner

संबधित खबर

धेरै पढ़िएको

IMG_1071

धर्मका नाममा राजनीति गर्नेलाई एक भोट पनि नदिनुहोस् : रवि लामिछाने

IMG_3956

तौलिहवामा १ हजारको नक्कली नोट फेला, सतर्क रहन आग्रह

IMG_3955

अराजक गतिविध गर्ने बाणगंगाका रिखिराम भट्टराइलाई अनुसन्धान गर्न अदालतबाट ३ दिन म्याद थप

cb63eef66dffc6564fc2c00e78538de5

सल्यानमा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु, ३ जना घाइते

IMG_3950

कपिलवस्तुमा माघ २९ गते एमालेको युवा भेला : महेश बस्नेत आउँदै

aashish sarama

कपिलवस्तु–१ मा कांग्रेसभित्र विद्रोह, क्षेत्रीय नेताहरू स्वतन्त्र उम्मेदवार आशिष शर्माको पक्षमा

congress kapilvastu

कपिलवस्तु–१ मा कांग्रेसभित्र असन्तुष्टि, टिकट वितरण प्रक्रियाप्रति क्षेत्रीय कार्यसमितिको असहमति

rabi-lamichane

निर्वाचन आचारसंहिता पालन गर्न रवि लामिछानेलाई प्रशासनको चेतावनी