कपिलवस्तुलाई हराउदै झरना रनिङ शिल्डको उपाधि योङ स्टारले जित्यो

तिलोत्तमा । स्वर्गीय उदीयमान खेलाडी अंकित पुनको स्मृतिमा आयोजित ३७औँ झरना रनिङ शिल्ड नकआउट फुटबल प्रतियोगिताको उपाधि योङ स्टार मडाहाले जितेको छ। सोमबार सम्पन्न फाइनलमा कपिलवस्तु–११ लाई पेनाल्टी सुटआउटमा पराजित गर्दै योङ स्टारले उपाधि चुमेको हो।

उमा आधारभूत विद्यालयको मैदानमा भएको खेलमा पहिलो हाफमै कपिलवस्तु–११ का अरुण चौधरीले गोल गर्दै अग्रता दिलाए। तर, केही बेरमै योङ स्टारका अनुज गैरेले बराबरी गोल फर्काए। निर्धारित ९० मिनेटमा खेल १–१ गोलको बराबरी भएपछि पेनाल्टी सुटआउटमा पुगेको खेलमा योङ स्टारले ४–३ ले जित हात पार्‍यो।

विजेता बनेको योङ स्टारले ट्रफीसहित ३ लाख ४१ हजार रुपैयाँ, मेडल र प्रमाणपत्र प्राप्त गर्‍यो। उपविजेता कपिलवस्तु–११ ले १ लाख ८६ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्रमा सीमित रह्यो।

व्यक्तिगत पुरस्कारतर्फ जनज्योति क्लबका एरोन थापा ‘म्यान अफ द टुर्नामेन्ट’ र ‘बेस्ट स्ट्राइकर’ बने। बेस्ट गोलकिपर र बेस्ट कोच दुवै पुरस्कार योङ स्टारले जित्यो। क्रमशः टोपबहादुर राना बेस्ट गोलकिपर र विजय गुरुङ बेस्ट कोच घोषित भए। कपिलवस्तु–११ का सोविन चौधरी भने बेस्ट डिफेन्सर बन्न सफल भए।

समापन समारोहमा तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणले खेलकुदमार्फत नगरलाई चिनाउन झरना स्पोर्ट्स क्लबले खेलेको भूमिकाको प्रशंसा गर्दै यो प्रतियोगितालाई आगामी वर्षदेखि गोल्डकपको रुपमा स्तरवृद्धि गर्न नगरपालिकाले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे।

प्रतियोगिता असोज १ गतेदेखि सुरु भएको हो।

प्रकाशित मिति: २०८२ आश्विन १४ गते

Loading spinner

संबधित खबर

धेरै पढ़िएको

IMG_1071

धर्मका नाममा राजनीति गर्नेलाई एक भोट पनि नदिनुहोस् : रवि लामिछाने

IMG_3956

तौलिहवामा १ हजारको नक्कली नोट फेला, सतर्क रहन आग्रह

IMG_3955

अराजक गतिविध गर्ने बाणगंगाका रिखिराम भट्टराइलाई अनुसन्धान गर्न अदालतबाट ३ दिन म्याद थप

cb63eef66dffc6564fc2c00e78538de5

सल्यानमा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु, ३ जना घाइते

IMG_3950

कपिलवस्तुमा माघ २९ गते एमालेको युवा भेला : महेश बस्नेत आउँदै

aashish sarama

कपिलवस्तु–१ मा कांग्रेसभित्र विद्रोह, क्षेत्रीय नेताहरू स्वतन्त्र उम्मेदवार आशिष शर्माको पक्षमा

congress kapilvastu

कपिलवस्तु–१ मा कांग्रेसभित्र असन्तुष्टि, टिकट वितरण प्रक्रियाप्रति क्षेत्रीय कार्यसमितिको असहमति

rabi-lamichane

निर्वाचन आचारसंहिता पालन गर्न रवि लामिछानेलाई प्रशासनको चेतावनी