आज आश्विन शुक्ल अष्टमी, महागौरी देवीको विधिपूर्वक पूजा हुँदै

काठमाडौं । नवरात्रको आठौँ दिन आज महागौरी देवीको विधिपूर्वक पूजाआराधना गरिँदैछ। हरेक वर्ष आश्विन शुक्ल अष्टमीका दिन महागौरी देवीको पूजा गर्ने वैदिक सनातनी परम्परा छ। तर यस वर्ष चौथी तिथि वृद्धि भएकाले नवौँ दिन पूजा गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा. डा. देवमणि भट्टराईले जानकारी दिएका छन्।

किंवदन्तीअनुसार, प्रारम्भमा कालो वर्ण भएकी देवीले कठोर तपस्यापछि उज्यालो वर्ण प्राप्त गरेकी थिइन्। त्यसपछि महागौरी नामले पूजाआराधना गर्न थालिएको पुराणमा उल्लेख छ। शास्त्रीय ग्रन्थअनुसार, महागौरी देवी गोरो वर्णकी, श्वेतवस्त्र धारण गरेकी र सेतो वृषभमा आरूढ हुन्छिन्।

यसअघि नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी र सातौँ दिन कालरात्रि देवीको पूजाआराधना भइसकेको छ। सातौँ दिन फूलपाती पनि घरघरमा भित्र्याइएकाले देशभर दशैंको रौनक बढिसकेको छ।

नवरात्रभर दुर्गा सप्तशती, श्रीमद्देवीभागवतलगायत स्तोत्रको पाठ गरी देवीको आराधना गर्ने परम्परा छ। यसबाट शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने विश्वास गरिन्छ। घटस्थापनादेखि नवमीसम्म पूजाआराधना गरेर प्राप्त प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म ग्रहण गर्ने चलन छ।

देशभरका शक्तिपीठ र देवी मन्दिरहरूमा भक्तजनको भीड बढ्दो छ। विशेषगरी फूलपातीको दिनदेखि सार्वजनिक बिदा हुने भएकाले नवरात्रको भव्यता झनै बढ्ने गरेको छ।

प्रकाशित मिति: २०८२ आश्विन १४ गते

Loading spinner

संबधित खबर

धेरै पढ़िएको

IMG_1071

धर्मका नाममा राजनीति गर्नेलाई एक भोट पनि नदिनुहोस् : रवि लामिछाने

IMG_3956

तौलिहवामा १ हजारको नक्कली नोट फेला, सतर्क रहन आग्रह

IMG_3955

अराजक गतिविध गर्ने बाणगंगाका रिखिराम भट्टराइलाई अनुसन्धान गर्न अदालतबाट ३ दिन म्याद थप

cb63eef66dffc6564fc2c00e78538de5

सल्यानमा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु, ३ जना घाइते

IMG_3950

कपिलवस्तुमा माघ २९ गते एमालेको युवा भेला : महेश बस्नेत आउँदै

aashish sarama

कपिलवस्तु–१ मा कांग्रेसभित्र विद्रोह, क्षेत्रीय नेताहरू स्वतन्त्र उम्मेदवार आशिष शर्माको पक्षमा

congress kapilvastu

कपिलवस्तु–१ मा कांग्रेसभित्र असन्तुष्टि, टिकट वितरण प्रक्रियाप्रति क्षेत्रीय कार्यसमितिको असहमति

rabi-lamichane

निर्वाचन आचारसंहिता पालन गर्न रवि लामिछानेलाई प्रशासनको चेतावनी