कपिलवस्तु प्रहरीद्वारा दुई दिनमै ९ लाखको तस्करी सामान बरामद

भारतसँग सीमा जोडिएको कपिलवस्तु जिल्लामा पछिल्ला दुई दिनमा मात्रै करिब रु. ९ लाख बराबरको भन्सार छली गरिएका वस्तुहरू बरामद भएका छन्। चाडपर्वलाई लक्षित गरी तस्करी र अवैध कारोबार बढ्न सक्ने सम्भावनाबीच प्रहरीले निगरानी कडा बनाएको छ। असोज ८ र ९ गते विभिन्न स्थानमा गरिएको चेकजाँचमा फलफूल, काठका सामग्री, उपभोग्य वस्तु, नदीजन्य पदार्थ र निर्माण सामग्री नियन्त्रणमा लिइएको हो।
कृष्णनगर नगरपालिका–२, झण्डेनगरमा रु. ३ लाख १८ हजार बराबरको ४४ बोरा किवी फलफूल, तौलिहवा–पकडी सडकमा ३०० केजी सुन्तला अवैध रुपमा बोकेको भारतीय ट्रकसहित चालक पक्राउ, बुद्धभूमि–९, गबदहवामा अबैध नदीजन्य उत्खनन्, मायादेवी गाउँपालिका–४ मा १७५ थान काठका मन्दिर सामाग्री,
र महाराजगञ्ज–१०, हर्दौनाबाट रु. १ लाख २२ हजार बराबरका चप्पल, जुत्ता, चिनी, बर्जर पेन्ट, टायल लगायत सामग्री फेला पारिएको प्रहरीले जनाएको छ।

कुल पाँचवटा स्थानबाट बरामद सामानको ८,९०,८५० मुल्य बराबरका बरामद सबै सामग्री सम्बन्धित भन्सार कार्यालयमा बुझाइएको छ भने चालक नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरीक्षक रिपेन्द्र कुमार सिंहले बताए।

प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङका अनुसार चाडपर्वको अवसरमा तस्करी, कालोबजारी, लागुऔषध ओसारपसार, चोरीजस्ता क्रियाकलाप नियन्त्रण गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी र अन्य निकायको संयुक्त टोली परिचालन गरिएको छ। सीमाक्षेत्र, राजमार्ग र संवेदनशील स्थानमा चेकजाँच थप कडाइ गरिएको बताए ।

प्रकाशित मिति: २०८२ आश्विन १० गते

Loading spinner

संबधित खबर

धेरै पढ़िएको

IMG_1071

धर्मका नाममा राजनीति गर्नेलाई एक भोट पनि नदिनुहोस् : रवि लामिछाने

IMG_3956

तौलिहवामा १ हजारको नक्कली नोट फेला, सतर्क रहन आग्रह

IMG_3955

अराजक गतिविध गर्ने बाणगंगाका रिखिराम भट्टराइलाई अनुसन्धान गर्न अदालतबाट ३ दिन म्याद थप

cb63eef66dffc6564fc2c00e78538de5

सल्यानमा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु, ३ जना घाइते

IMG_3950

कपिलवस्तुमा माघ २९ गते एमालेको युवा भेला : महेश बस्नेत आउँदै

aashish sarama

कपिलवस्तु–१ मा कांग्रेसभित्र विद्रोह, क्षेत्रीय नेताहरू स्वतन्त्र उम्मेदवार आशिष शर्माको पक्षमा

congress kapilvastu

कपिलवस्तु–१ मा कांग्रेसभित्र असन्तुष्टि, टिकट वितरण प्रक्रियाप्रति क्षेत्रीय कार्यसमितिको असहमति

rabi-lamichane

निर्वाचन आचारसंहिता पालन गर्न रवि लामिछानेलाई प्रशासनको चेतावनी