कपिलवस्तुमा चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू

कपिलवस्तु, विजया दशमी, दीपावली र छठजस्ता प्रमुख चाडपर्वलाई लक्षित गर्दै कपिलवस्तुमा विशेष सुरक्षा योजना लागू गरिएको छ। सम्भावित आपराधिक गतिविधि र अवाञ्छित घटनालाई नियन्त्रणमा लिन नेपाल प्रहरी, सशस्त्र प्रहरी र अन्य सुरक्षा निकाय गरी करिब १७ सय सुरक्षाकर्मी जिल्लाभरि परिचालन गरिएको छ।

जिल्ला प्रमुख जिल्ला अधिकारी (प्रजिअ) दिलकुमार तामाङका अनुसार, धार्मिक र साम्प्रदायिक विवाद, पटाकाजन्य बिष्फोटक पदार्थको अवैध कारोबार, चोरी–लुटपाट, जुवातास, मदिरा र लागुऔषध सेवन, सवारी दुर्घटना र कालोबजारी नियन्त्रणलाई प्राथमिकता दिँदै रणनीति तयार गरिएको हो।

प्रजिअ तामाङले हालैको जेनजी आन्दोलनको क्रममा कैदीबन्दीहरू फरार भएको घटनालाई पनि ध्यानमा राखी सुरक्षा सतर्कता अझ कडा पारिएको जानकारी दिए।

जिल्ला सुरक्षा समितिको संयोजनमा बनेको योजनाअनुसार:

  • १,००० नेपाल प्रहरी
  • ५०० सशस्त्र प्रहरी
  • अन्य जिल्लाबाट थप २००+ सुरक्षाकर्मी परिचालन गरिएको छ।

पूर्व–पश्चिम राजमार्गमा रात्रीकालीन गस्ती, सीमा क्षेत्रमा निगरानी र संवेदनशील स्थानमा सुरक्षा जाँच कडाइका साथ हुने भएको छ।
प्रहरी उपरीक्षक (एसपी) सन्तोष आचार्यका अनुसार, कपिलवस्तु प्रहरी र सशस्त्र प्रहरी बल नं २८ गणले संयुक्त रूपमा योजना कार्यान्वयनमा ल्याएका छन्।

यसैगरी, नेपाली सेनाले पनि वार्षिक तालिका अनुसार गस्ती बढाउने र सीमा क्षेत्रमा निगरानी सशक्त बनाउने जनाएको छ।

चाडपर्वको समयमा जिल्लावासीलाई निश्चिन्त रूपमा पर्व मनाउन सकिने गरी प्रभावकारी सुरक्षा व्यवस्था लागू गरिएको सुरक्षा निकायले जनाएको छ। साथै, भारतबाट फर्किने नेपाली नागरिकलाई सहज रुपमा गन्तव्यसम्म पुग्न सहजीकरण गरिने जानकारी पनि दिइएको छ।

प्रकाशित मिति: २०८२ आश्विन १० गते

Loading spinner

संबधित खबर

धेरै पढ़िएको

IMG_1071

धर्मका नाममा राजनीति गर्नेलाई एक भोट पनि नदिनुहोस् : रवि लामिछाने

IMG_3956

तौलिहवामा १ हजारको नक्कली नोट फेला, सतर्क रहन आग्रह

IMG_3955

अराजक गतिविध गर्ने बाणगंगाका रिखिराम भट्टराइलाई अनुसन्धान गर्न अदालतबाट ३ दिन म्याद थप

cb63eef66dffc6564fc2c00e78538de5

सल्यानमा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु, ३ जना घाइते

IMG_3950

कपिलवस्तुमा माघ २९ गते एमालेको युवा भेला : महेश बस्नेत आउँदै

aashish sarama

कपिलवस्तु–१ मा कांग्रेसभित्र विद्रोह, क्षेत्रीय नेताहरू स्वतन्त्र उम्मेदवार आशिष शर्माको पक्षमा

congress kapilvastu

कपिलवस्तु–१ मा कांग्रेसभित्र असन्तुष्टि, टिकट वितरण प्रक्रियाप्रति क्षेत्रीय कार्यसमितिको असहमति

rabi-lamichane

निर्वाचन आचारसंहिता पालन गर्न रवि लामिछानेलाई प्रशासनको चेतावनी