अब प्रतिफल नदिने सार्वजनिक संस्थामा सरकारी लगानी बन्द

काठमाडौं ।
अबदेखि सरकारले आर्थिक रूपमा कमजोर तथा प्रतिफल दिन असमर्थ सार्वजनिक संस्थानहरूमा थप लगानी नगर्ने नीति लिएको छ। यस्तो संस्थाहरूले हकप्रद शेयर (Rights Issue) वा थप सार्वजनिक निष्काशन (FPO) जारी गर्न पनि पाउने छैनन्।

सरकारको लगानी व्यवस्थापनसम्बन्धी पछिल्लो निर्णय अनुसार, सावाँ/व्याज तिर्न नसक्ने तथा आम्दानी प्रतिफल कमजोर भएका संस्थामा अब राज्यले थप लगानी नगर्ने स्पष्ट गरिएको छ। यस्तो संस्थानहरूले तोकिएको अवधिसम्म न नयाँ शेयर जारी गर्न सक्नेछन्, न सरकारबाट सहयोग पाउनेछन्।

साँवा–ब्याज असुलमा मन्त्रालयहरू जिम्मेवार

यस्ता संस्थानहरूबाट सरकारले प्राप्त गर्नुपर्ने भाखा नाघेका साँवा तथा ब्याज रकम असुलउपरमा सम्बन्धित मन्त्रालयलाई जवाफदेही बनाइएको छ। सरकारी लगानीको उपयोगिता सुनिश्चित गर्न यस्तो कदम चालिएको हो।

गोष्ठी, तालिम, सेमिनारमा पनि कडाइ

सरकारले तालिम, गोष्ठी तथा सेमिनारसम्बन्धी खर्चमा पनि कडाइ गर्ने नीति लिएको छ। अबदेखि अत्यावश्यकबाहेक यस्ता कार्यक्रम नचाल्ने, अनिवार्य भएमा सरकारी हलहरू वा अनलाइनमार्फत मात्र सञ्चालन गर्ने व्यवस्था गरिनेछ।

प्रकाशित मिति: २०८२ आश्विन ८ गते

Loading spinner

संबधित खबर

धेरै पढ़िएको

IMG_1071

धर्मका नाममा राजनीति गर्नेलाई एक भोट पनि नदिनुहोस् : रवि लामिछाने

IMG_3956

तौलिहवामा १ हजारको नक्कली नोट फेला, सतर्क रहन आग्रह

IMG_3955

अराजक गतिविध गर्ने बाणगंगाका रिखिराम भट्टराइलाई अनुसन्धान गर्न अदालतबाट ३ दिन म्याद थप

cb63eef66dffc6564fc2c00e78538de5

सल्यानमा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु, ३ जना घाइते

IMG_3950

कपिलवस्तुमा माघ २९ गते एमालेको युवा भेला : महेश बस्नेत आउँदै

aashish sarama

कपिलवस्तु–१ मा कांग्रेसभित्र विद्रोह, क्षेत्रीय नेताहरू स्वतन्त्र उम्मेदवार आशिष शर्माको पक्षमा

congress kapilvastu

कपिलवस्तु–१ मा कांग्रेसभित्र असन्तुष्टि, टिकट वितरण प्रक्रियाप्रति क्षेत्रीय कार्यसमितिको असहमति

rabi-lamichane

निर्वाचन आचारसंहिता पालन गर्न रवि लामिछानेलाई प्रशासनको चेतावनी