भाटभटेनीलाई १० अर्बभन्दा बढीको क्षति, प्रधानमन्त्रीलाई विवरण बुझाइयो

जेनजी आन्दोलनको क्रममा भदौ २४ गते काठमाडौंसहित देशभर भएका आगजनी र तोडफोडका घटनामा भएको क्षतिको विस्तृत विवरण भाटभटेनी सुपरस्टोरले प्रधानमन्त्री सुशिला कार्कीसमक्ष बुझाएको छ।

मंगलबार भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले प्रधानमन्त्री कार्कीलाई भेट गरी उक्त घटनाबाट देशभरका २० वटा स्टोरमा गरी जम्मा १० अर्ब ८५ करोड ६७ लाख ९८ हजार ८५४ रुपैयाँ बराबरको क्षति भएको जानकारी दिएका हुन्।

बालुवाटारस्थित मुख्य स्टोरसहित १२ वटा स्टोर पूर्णरूपमा आगलागीबाट ध्वस्त भएका छन्। ती स्टोरभित्र रहेका सम्पूर्ण सामग्री— स्केलेटर, लिफ्ट, फ्रिज लगायत महंगा उपकरणहरू समेत जलेर पूर्ण रूपमा नष्ट भएका छन्।

भवनहरू मात्र होइन, ती भवनभित्र रहेका सम्पूर्ण सामानमा पनि आगजनी गरिएको थियो।

त्यसैगरी, अन्य ९ वटा स्टोरमा तोडफोड र लुटपाट गरिएको जानकारी भाटभटेनीले दिएको छ। ती स्टोरहरूमा आंशिक क्षति पुगेको उल्लेख गरिएको छ।

गुरुङले भाटभटेनीमा कार्यरत १० हजारभन्दा बढी कर्मचारीलाई बिदा नदिने र आगामी दसैंको अवसरमा बोनस पनि पूरै महिनाको दिने योजना रहेको स्पष्ट पारेका छन्।

उनका अनुसार, “देशभरका सबै स्टोरमा मिलाउँदा भाटभटेनीमा १० अर्ब ८५ करोड ६७ लाख ९८ हजार ८५४ रुपैयाँको क्षति पुगेको छ।”

प्रधानमन्त्रीसँगको भेटका क्रममा गुरुङले राज्यले चाहेमा आफूले आधा सम्पत्ति प्रदान गर्न तयार रहेको प्रतिबद्धता पटक–पटक जनाए पनि भाटभटेनीमाथि निरन्तर टार्गेट गरिएको गुनासो व्यक्त गरेका थिए।

भाटभटेनीले दिएको विवरणअनुसार,

  • पूर्णरूपमा नष्ट भएका १२ स्टोर र आंशिक क्षति भएका ९ स्टोर गरी १९ वटा स्टोरमा भवन तथा संरचनातर्फ ४ अर्ब ४० करोड ६ लाख ५४ हजार ६०३ रुपैयाँ बराबरको क्षति पुगेको छ।
  • ५ अर्ब ९६ करोड ३ लाख ६७ हजार ५९६ रुपैयाँ बराबरका सामग्रीहरू पूर्ण रूपमा जलेर नष्ट भएका छन्।
  • त्यसैगरी, ४९ करोड ५७ लाख ७६ हजार ६५५ रुपैयाँ बराबरका सामग्रीहरू तोडफोड र लुटपाटबाट नोक्सान भएको उल्लेख छ।

प्रकाशित मिति: २०८२ आश्विन ८ गते

Loading spinner

संबधित खबर

धेरै पढ़िएको

IMG_1071

धर्मका नाममा राजनीति गर्नेलाई एक भोट पनि नदिनुहोस् : रवि लामिछाने

IMG_3956

तौलिहवामा १ हजारको नक्कली नोट फेला, सतर्क रहन आग्रह

IMG_3955

अराजक गतिविध गर्ने बाणगंगाका रिखिराम भट्टराइलाई अनुसन्धान गर्न अदालतबाट ३ दिन म्याद थप

cb63eef66dffc6564fc2c00e78538de5

सल्यानमा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु, ३ जना घाइते

IMG_3950

कपिलवस्तुमा माघ २९ गते एमालेको युवा भेला : महेश बस्नेत आउँदै

aashish sarama

कपिलवस्तु–१ मा कांग्रेसभित्र विद्रोह, क्षेत्रीय नेताहरू स्वतन्त्र उम्मेदवार आशिष शर्माको पक्षमा

congress kapilvastu

कपिलवस्तु–१ मा कांग्रेसभित्र असन्तुष्टि, टिकट वितरण प्रक्रियाप्रति क्षेत्रीय कार्यसमितिको असहमति

rabi-lamichane

निर्वाचन आचारसंहिता पालन गर्न रवि लामिछानेलाई प्रशासनको चेतावनी