खसीको बैनालाई लिएर सालो–भेनाबीच झडप, एकको मृत्यु

खसी किन्ने विषयमा भएको विवादले कुटाकुटमा परिणत हुँदा बाँकेमा एक व्यक्तिको ज्यान गएको छ।

नेपालगन्ज उपमहानगरपालिका–५ का ५२ वर्षीय जाबिद अली बेहनाको शुक्रबार निधन भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी दीपक पातलीले जानकारी दिएका छन्।

प्रारम्भिक अनुसन्धानअनुसार, जाबिदले किन्न ठानिएको खसी अर्को समूहले उठाएपछि विवाद चर्किएको थियो। विवाद झडपमा रुपान्तरण हुँदै ढुंगा प्रहारसमेत भएपछि गम्भीर घाइते भएका जाबिदलाई उपचारका लागि अस्पताल पुर्‍याइएको थियो। तर दिउँसो साढे २ बजे उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

चारजना नियन्त्रणमा, सम्बन्धबारे अनुसन्धान जारी

घटनामा संलग्न रहेको आशंकामा चार जनालाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको छ। प्रारम्भिक रूपमा मृतक र संलग्न पक्षबीच सालो–भेनाको सम्बन्ध रहेको भनिए पनि मृतक बेहना सालो थिए वा भेना भन्नेबारे थप सोधपुछ जारी रहेको डीएसपी पातलीले जानकारी दिए।

प्रहरीले घटनास्थलको विवरण संकलन गरी घटनालाई आपराधिक अनुसन्धानका रूपमा अघि बढाइएको जनाएको छ।

प्रकाशित मिति: २०८२ आश्विन ४ गते

Loading spinner

संबधित खबर

धेरै पढ़िएको

IMG_1071

धर्मका नाममा राजनीति गर्नेलाई एक भोट पनि नदिनुहोस् : रवि लामिछाने

IMG_3956

तौलिहवामा १ हजारको नक्कली नोट फेला, सतर्क रहन आग्रह

IMG_3955

अराजक गतिविध गर्ने बाणगंगाका रिखिराम भट्टराइलाई अनुसन्धान गर्न अदालतबाट ३ दिन म्याद थप

cb63eef66dffc6564fc2c00e78538de5

सल्यानमा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु, ३ जना घाइते

IMG_3950

कपिलवस्तुमा माघ २९ गते एमालेको युवा भेला : महेश बस्नेत आउँदै

aashish sarama

कपिलवस्तु–१ मा कांग्रेसभित्र विद्रोह, क्षेत्रीय नेताहरू स्वतन्त्र उम्मेदवार आशिष शर्माको पक्षमा

congress kapilvastu

कपिलवस्तु–१ मा कांग्रेसभित्र असन्तुष्टि, टिकट वितरण प्रक्रियाप्रति क्षेत्रीय कार्यसमितिको असहमति

rabi-lamichane

निर्वाचन आचारसंहिता पालन गर्न रवि लामिछानेलाई प्रशासनको चेतावनी