‘पार्टी कार्यालय बनाउँछौँ, कार्यकर्ताबाट १० रुपैयाँ उठाउँछौँ’

काठमाडौं, भदौ ४ — नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले पार्टीको केन्द्रीय कार्यालय पुनर्निर्माणका लागि देशभरका नेता तथा कार्यकर्ताबाट सहयोग संकलन गर्नुपर्ने धारणा राखेका छन्।
हालै ‘जेनजी आन्दोलन’का क्रममा क्षति पुगेको सानेपास्थित पार्टी कार्यालयको निरीक्षण गर्दै गुरुङले प्रत्येक कार्यकर्ताबाट कम्तीमा १० रुपैयाँ संकलन गर्ने अभियान सुरु गर्नुपर्ने प्रस्ताव राखे। साथै, इच्छाअनुसार थप सहयोग गर्न चाहनेलाई पनि समेट्नुपर्ने उनको सुझाव थियो।

उनका अनुसार सहयोग संकलन अभियानले आर्थिक स्रोत जुटाउनुका साथै कार्यकर्ताहरूमा कार्यालयप्रति अपनत्व भावना पनि बढाउने छ। पार्टीले अब महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यहरूबाट प्राप्त सुझावका आधारमा अघि बढ्नुपर्नेमा पनि उनले जोड दिए।

गुरुङले २०४६ साल यता पार्टी वा सरकारी पदमा पुगेका नेताहरूको सम्पत्ति छानबिन गर्नुपर्ने माग आफूले पटक–पटक उठाएको स्मरण गराउँदै, यदि त्यो बेला आवश्यक कदम चालिएको भए, पार्टी अहिले यस्तो अवस्थामा नपुग्ने धारणा व्यक्त गरे।

उनको भनाइमा, पार्टीभित्र पारदर्शिता, जवाफदेहिता र संगठनात्मक अनुशासनको आवश्यकता अझ बढेको छ, र त्यहीअनुसार भविष्यको रणनीति बनाइनु पर्नेछ।

प्रकाशित मिति: २०८२ आश्विन ४ गते

Loading spinner

संबधित खबर

धेरै पढ़िएको

IMG_1071

धर्मका नाममा राजनीति गर्नेलाई एक भोट पनि नदिनुहोस् : रवि लामिछाने

IMG_3956

तौलिहवामा १ हजारको नक्कली नोट फेला, सतर्क रहन आग्रह

IMG_3955

अराजक गतिविध गर्ने बाणगंगाका रिखिराम भट्टराइलाई अनुसन्धान गर्न अदालतबाट ३ दिन म्याद थप

cb63eef66dffc6564fc2c00e78538de5

सल्यानमा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु, ३ जना घाइते

IMG_3950

कपिलवस्तुमा माघ २९ गते एमालेको युवा भेला : महेश बस्नेत आउँदै

aashish sarama

कपिलवस्तु–१ मा कांग्रेसभित्र विद्रोह, क्षेत्रीय नेताहरू स्वतन्त्र उम्मेदवार आशिष शर्माको पक्षमा

congress kapilvastu

कपिलवस्तु–१ मा कांग्रेसभित्र असन्तुष्टि, टिकट वितरण प्रक्रियाप्रति क्षेत्रीय कार्यसमितिको असहमति

rabi-lamichane

निर्वाचन आचारसंहिता पालन गर्न रवि लामिछानेलाई प्रशासनको चेतावनी