कुरा नेपाल बुद्धभूमि। तेस्रो बुद्धभूमि डाबरा कप २०८२ अन्तर्गत आज क्वाटरफाइनल चरणका दुई खेलहरू सम्पन्न भएका छन्। बुद्धभूमि नगरपालिका–४ स्थित डाबरा खेलमैदानमा भएको आजको खेलमा बकुलिपुर युवा क्लब र नमुना ज्योति युवा क्लब विजयी हुँदै सेमिफाइनलमा प्रबेश गरेका छन्।

बिहिबार भएको पहिलो खेल बकुलिपुर युवा क्लब बुद्धभूमि र सिटि ब्वायज, तौलिहवा बीच भएको खेलमा बकुलिपुर युवा क्लबले २ गोल गर्दै १ गोलले अग्रता कायम गर्दै जित सुनिश्चित गरेको हो। बुद्धभूमि–२ का युवाहरूले आक्रामक सुरुआत गर्दै खेलमा सुरुमै गोलद्वारा अग्रता लिएका थिए। सिटी ब्वाइजले खेलमा फर्किने प्रयास गरे पनि बकुलिपुरले अन्तसम्म गोलको अग्रता कायम राख्दै २–१ को जित सुनिश्चित गर्यो। खेलमा उत्कृष्ट प्रदर्शन गर्ने बकुलिपुर युवा क्लबका टार्जन माझि म्यान अफ दि म्याच खोसित भए। यस्तै दोस्रो खेलमा नमुना ज्योति युवा क्लब, शिवराज ३ र बाणगङ्गा नगरपालिका ३ बीच भएको खेलमा नमुना ज्योति युवा क्लब, शिवराज ३ ले उत्कृष्ट प्रदर्शन गर्दै ३ गोल गर्न सफल भयो। खेलको अन्तिम समय सम्म पनि बाणगङ्गा नगरपालिका ३ ले कुनै खोल गर्न नसक्दा खेलको नतिजा नमुना ज्योति युवा क्लब, शिवराज ३ को पोल्टामा पर्न सफल भयो। खेलमा उत्कृष्ट प्रदर्शन गरेका नमुना ज्योति युवा क्लब, शिवराज ३ का कुमार घर्ती म्यान अफ द म्याच घोसित भए।

बिहिबारबाट सुरु भएको क्वाटरफाइनल चरणको खेल दिनप्रतिदिन प्रतिस्पर्धात्मक र दर्शनीय बन्दै गएको छ। डाबरा मैदानमा दर्शकहरूको उल्लेखनीय उपस्थिति र स्थानीय खेलप्रेमीहरूको समर्थनले वातावरण झनै उत्सवमय बनेको छ। स्थानीय युवा खेलाडीहरूलाई उजागर गर्ने उद्देश्यले आयोजना गरिएको डाबरा कप अहिले आफ्नो उत्कर्षमा पुगेको क्लवका अध्यक्ष कमल काफ्लेले बताए।

शुक्रबार पहिलो खेल दिउँसो १ बजे पारिजात पब्लिक स्कुल र युनिक स्पोर्ट्स क्लब बीच हुने छ भने दोस्रो खेल दिउसो ३ बजे हन्टर ब्वायज बाणगङ्गा र K.J.Y.C, बुद्धभुमी बीच हुने आयोजकले जनाएको छ।

प्रकाशित मिति: २०८२ आश्विन २ गते


