बुद्धभूमिलाई टाइब्रेकरमा हराउँदै हन्टर ब्वायज विजयी, भोलि दुई ठूला भिडन्त

बुद्धभूमि नगरपालिका–४ मा जारी तेस्रो बुद्धभूमि डाबर कप–२०८२ अन्तर्गत आज सम्पन्न खेलमा Hunter Boys, बाणगंगा–३ ले बुद्धभूमि फुटबल क्लब, बुद्धभूमि लाई टाइब्रेकरमा पराजित गर्दै प्रतियोगितामा रोमाञ्चक जित हात पारेका छन्।

दुवै टिमबीचको खेल निकै प्रतिस्पर्धात्मक रह्यो। निर्धारित समयसम्म खेल बराबरीमा सकिएपछि निर्णय टाइब्रेकरमार्फत गरिएको हो, जहाँ Hunter Boys ले उत्कृष्ट प्रदर्शन गर्दै जित सुनिश्चित गर्‍यो। खेलमा उत्कृष्ट प्रदर्शन गरेका Sawan Thapa (Hunter Boys) लाई “Man of the Match” घोषित गरियो।



भोलि मंगलबार हुने दुई खेलमा लुम्बिनी युवा क्लव, बुद्धभूमि–२ र युनिक स्पोट क्लव शिवराज नगरपालिका–५ बीच दिउसो १ बजे र KJYC बुद्धभूमि नगरपालिका–२ र इभुलोसन क्लव बुटवल बीच दिउसो ३ बजे खेल हुने क्लवका अध्यक्ष कमल काफ्लेले बताए।

प्रतियोगिता ग्लोबल डेरी प्रा.लि. को मुख्य प्रायोजनमा सञ्चालन भइरहेको छ। आयोजकहरूले खेलाडी, दर्शक र सहयोगीहरूप्रति आभार व्यक्त गरेका छन्।


प्रतियोगिताको दोस्रो चरणमा प्रवेशका लागि अबको प्रत्येक खेल निर्णायक बन्ने भएकोले भोलिका खेलहरू पनि अत्यन्तै रोमाञ्चक हुने अपेक्षा गरिएको छ। खेलप्रेमीहरूलाई खेलमैदानमा उपस्थित भई खेलाडीहरूको उत्साहवर्द्धन गर्न आयोजक टिमले अनुरोध गरेको छ।

तेस्रो बुद्धभूमि डाबर कप ले स्थानीय प्रतिभाहरूलाई उजागर गर्दै क्षेत्रीय खेलकुदको स्तर उकास्न महत्वपूर्ण योगदान दिइरहेको छ।

प्रकाशित मिति: २०८२ भाद्र ३० गते

Loading spinner

संबधित खबर

धेरै पढ़िएको

IMG_1071

धर्मका नाममा राजनीति गर्नेलाई एक भोट पनि नदिनुहोस् : रवि लामिछाने

IMG_3956

तौलिहवामा १ हजारको नक्कली नोट फेला, सतर्क रहन आग्रह

IMG_3955

अराजक गतिविध गर्ने बाणगंगाका रिखिराम भट्टराइलाई अनुसन्धान गर्न अदालतबाट ३ दिन म्याद थप

cb63eef66dffc6564fc2c00e78538de5

सल्यानमा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु, ३ जना घाइते

IMG_3950

कपिलवस्तुमा माघ २९ गते एमालेको युवा भेला : महेश बस्नेत आउँदै

aashish sarama

कपिलवस्तु–१ मा कांग्रेसभित्र विद्रोह, क्षेत्रीय नेताहरू स्वतन्त्र उम्मेदवार आशिष शर्माको पक्षमा

congress kapilvastu

कपिलवस्तु–१ मा कांग्रेसभित्र असन्तुष्टि, टिकट वितरण प्रक्रियाप्रति क्षेत्रीय कार्यसमितिको असहमति

rabi-lamichane

निर्वाचन आचारसंहिता पालन गर्न रवि लामिछानेलाई प्रशासनको चेतावनी