कुलमान घिसिङ: संकटको घडीमा राष्ट्र निर्माणको जिम्मेवारी लिएको छु

ऊर्जा, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको जिम्मेवारी पाएका नवनियुक्त मन्त्री कुलमान घिसिङले कठिन परिस्थिति र चुनौतीपूर्ण समयमा जिम्मेवारी लिएको बताएका छन्।

ऊर्जा मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री घिसिङले भने, “देश अहिले सङ्कटपूर्ण मोडमा छ। राजनीतिक स्थायित्वतर्फ अगाडि बढ्न सकिन्छ भन्ने विश्वाससहित हामी ठूलो चुनौती सामना गर्न आएका हौं। यो सामान्य जिम्मेवारी होइन, तर भाग्ने होइन, जिम्‍मेवारी लिने बेला हो।”

उनले देशमा पछिल्लो समय भएको क्षतिलाई गम्भीर रूपमा लिँदै अबको बाटो पुनर्निर्माण र समाधानतर्फको हुने उल्लेख गरे। “अब हिंसा होइन, समाधान र पुनर्निर्माणको बाटो हो,” घिसिङले भने, “हामी समृद्धि र राजनीतिक स्थायित्वको दिशामा अगाडि बढ्नेछौं। सही निर्णय र कार्यान्वयनबाट राष्ट्रलाई सही अवतरणमा लैजाने हाम्रो दायित्व हो।”

उनले तीनवटै मन्त्रालय सम्हाल्दै समन्वयमा काम गरेर देश पुनर्निर्माणको अभियानमा लाग्ने प्रतिवद्धता जनाए।

प्रकाशित मिति: २०८२ भाद्र ३० गते

Loading spinner

संबधित खबर

धेरै पढ़िएको

IMG_1071

धर्मका नाममा राजनीति गर्नेलाई एक भोट पनि नदिनुहोस् : रवि लामिछाने

IMG_3956

तौलिहवामा १ हजारको नक्कली नोट फेला, सतर्क रहन आग्रह

IMG_3955

अराजक गतिविध गर्ने बाणगंगाका रिखिराम भट्टराइलाई अनुसन्धान गर्न अदालतबाट ३ दिन म्याद थप

cb63eef66dffc6564fc2c00e78538de5

सल्यानमा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु, ३ जना घाइते

IMG_3950

कपिलवस्तुमा माघ २९ गते एमालेको युवा भेला : महेश बस्नेत आउँदै

aashish sarama

कपिलवस्तु–१ मा कांग्रेसभित्र विद्रोह, क्षेत्रीय नेताहरू स्वतन्त्र उम्मेदवार आशिष शर्माको पक्षमा

congress kapilvastu

कपिलवस्तु–१ मा कांग्रेसभित्र असन्तुष्टि, टिकट वितरण प्रक्रियाप्रति क्षेत्रीय कार्यसमितिको असहमति

rabi-lamichane

निर्वाचन आचारसंहिता पालन गर्न रवि लामिछानेलाई प्रशासनको चेतावनी