नेतृत्वप्रति गम्भीर आरोप लगाउदै सुमनाले छोडिन् रास्वपा

काठमाडौं, भदौ २८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेता तथा पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले पार्टी परित्याग गरेकी छन्। उनले पार्टी नेतृत्वप्रति गम्भीर आरोप लगाउँदै सामाजिक सञ्जालमार्फत पार्टी छाडेको घोषणा गरेकी हुन्।

श्रेष्ठले लेखेकी छन्, “अब खुल्लारूपमा आक्रमण गर्न सजिलो बनाइदिएकी छु। मनलाग्दी चलुन्जेल मनलाग्दी गर्नुहोला, मैले पार्टी छाडे।”

पार्टीको केन्द्रीय समितिलाई जानकारी गराउँदै उनले नेतृत्वले बारम्बार गल्ती गर्ने तर कहिल्यै स्वीकार नगर्ने प्रवृत्तिप्रति असन्तुष्टि जनाएकी छन्। “गल्तीमाथि गल्ती गरिरहने र त्यसको बोझ पार्टीका सबै सदस्यले बोक्नुपर्ने? मलाई स्वीकार्य छैन,” उनले स्पष्ट रूपमा लेखेकी छन्।

श्रेष्ठका अनुसार पार्टीभित्र आलोचना गर्नेहरूलाई मिडिया ट्रायलमार्फत लक्षित गरिन्छ, जसले आलोचकहरूलाई अपमानित महसुस गराउँछ। उनले भनिन्, “जहिलेदेखि रास्वपाले देशभन्दा माथि पार्टी, र पार्टीभन्दा माथि व्यक्तिलाई राख्न थालेको हो, त्यतिबेलादेखि नै म आलोचना गर्दै आएकी हुँ।”

पार्टीभित्र आलोचनात्मक आवाजको सम्मान नगर्ने, नेतृत्व केन्द्रित राजनीतिमा रमाउने प्रवृत्तिप्रति असन्तुष्टि जनाउँदै उनले पार्टी छाडेकी हुन्।

प्रकाशित मिति: २०८२ भाद्र २९ गते

Loading spinner

संबधित खबर

धेरै पढ़िएको

IMG_1071

धर्मका नाममा राजनीति गर्नेलाई एक भोट पनि नदिनुहोस् : रवि लामिछाने

IMG_3956

तौलिहवामा १ हजारको नक्कली नोट फेला, सतर्क रहन आग्रह

IMG_3955

अराजक गतिविध गर्ने बाणगंगाका रिखिराम भट्टराइलाई अनुसन्धान गर्न अदालतबाट ३ दिन म्याद थप

cb63eef66dffc6564fc2c00e78538de5

सल्यानमा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु, ३ जना घाइते

IMG_3950

कपिलवस्तुमा माघ २९ गते एमालेको युवा भेला : महेश बस्नेत आउँदै

aashish sarama

कपिलवस्तु–१ मा कांग्रेसभित्र विद्रोह, क्षेत्रीय नेताहरू स्वतन्त्र उम्मेदवार आशिष शर्माको पक्षमा

congress kapilvastu

कपिलवस्तु–१ मा कांग्रेसभित्र असन्तुष्टि, टिकट वितरण प्रक्रियाप्रति क्षेत्रीय कार्यसमितिको असहमति

rabi-lamichane

निर्वाचन आचारसंहिता पालन गर्न रवि लामिछानेलाई प्रशासनको चेतावनी