जेन–जी आन्दोलनबाट होटल क्षेत्रमा २५ अर्बको क्षति, पर्यटन पुनरुत्थानको आशा

काठमाडौँ, २८ भदौ —
भदौ २३ र २४ गते जेन–जी आन्दोलनका क्रममा देशभरका होटल र पर्यटन क्षेत्रमा ठूलो क्षति पुगेको प्रारम्भिक आकलन गरिएको छ। होटल संघ नेपाल (HAN) का अनुसार काठमाडौँ, पोखरा, बुटवल, भैरहवा, विराटनगर, झापा, धनगढी, महोत्तरी, दाङलगायतका मुख्य सहरका करिब दुई दर्जन होटलमा तोडफोड, आगजनी र लुटपाटबाट झन्डै २५ अर्ब रुपैयाँ बराबरको क्षति भएको छ।

सबैभन्दा बढी क्षति काठमाडौँको निर्माणाधीन हिल्टन होटलमा भएको जनाइएको छ। उक्त होटलमा मात्रै ८ अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान छ।

आन्दोलनको चपेटामा पर्यटन क्षेत्र पनि परेको छ। भूकम्प, नाकाबन्दी र कोभिड महामारीपछि विस्तारै पुनरुत्थानको बाटोमा फर्किरहेको पर्यटन उद्योगमा जेन–जीको प्रदर्शनले फेरि बाधा पुर्‍याएको व्यवसायीहरूको भनाइ छ।

बुकिङ रद्द, तर आशा कायम

पर्यटकीय सिजन सुरु हुनै लाग्दा सिर्जिएको अस्थिर अवस्थाले विदेशबाट आएका पर्यटकहरूको केही बुकिङ रद्द भइसकेको छ। तथापि, पदयात्रा, धार्मिक र साहसिक पर्यटन क्षेत्र अझै स्थिर रहेको सरोकारवालाहरूले जनाएका छन्।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीका अनुसार हाल नेपालमा करिब १५ हजार विदेशी पर्यटक रहेका छन्। उनले प्रदर्शनबाट पर्यटन क्षेत्रमा कस्तो असर पर्यो भन्ने अध्ययन अघि बढाइएको जानकारी दिएका छन्।

नेपाल पर्यटन बोर्डका पछिल्ला तथ्यांकअनुसार सन् २०२५ को सेप्टेम्बरमा साढे २५ हजार पर्यटकले नेपाल भ्रमण गरेका छन्। यो संख्यालाई आधार बनाएर आगामी सिजनमा सुधारको अपेक्षा गरिएको छ।

पर्यटन पुनरुत्थानका लागि साझा पहलको आह्वान

होटल संघ नेपालका अध्यक्ष विनायक शाहले पर्यटन पुनरुत्थानका लागि सकारात्मक सन्देश प्रवाह गर्न र सबै सरोकारवालाबीच सहकार्य गर्नुपर्नेमा जोड दिएका छन्।

प्यासिफिक एशिया ट्राभल एसोसिएसन (PATA) नेपाल च्याप्टरका महासचिव नरेन्द्रदेव भट्टले पनि छिट्टै पर्यटन पुनः चलायमान हुने विश्वास व्यक्त गरेका छन्। उनले भने, “सिजनमै यस्तो विषम परिस्थिति आउँदा असर त पर्छ, तर आशा गरौँ चाँडै अवस्था सामान्य हुन्छ।”

नेपाल पर्वतारोहण संघ (NMA) र ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (TAAN) ले संयुक्त विज्ञप्ति जारी गर्दै पर्यटन क्षेत्र नेपालको अन्तर्राष्ट्रिय छवि र पहिचानसँग जोडिएको भन्दै यसको पुनरुत्थानका लागि सबै पक्ष गम्भीर रूपमा लाग्नुपर्नेमा जोड दिएका छन्।

प्रकाशित मिति: २०८२ भाद्र २८ गते

Loading spinner

संबधित खबर

धेरै पढ़िएको

IMG_1071

धर्मका नाममा राजनीति गर्नेलाई एक भोट पनि नदिनुहोस् : रवि लामिछाने

IMG_3956

तौलिहवामा १ हजारको नक्कली नोट फेला, सतर्क रहन आग्रह

IMG_3955

अराजक गतिविध गर्ने बाणगंगाका रिखिराम भट्टराइलाई अनुसन्धान गर्न अदालतबाट ३ दिन म्याद थप

cb63eef66dffc6564fc2c00e78538de5

सल्यानमा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु, ३ जना घाइते

IMG_3950

कपिलवस्तुमा माघ २९ गते एमालेको युवा भेला : महेश बस्नेत आउँदै

aashish sarama

कपिलवस्तु–१ मा कांग्रेसभित्र विद्रोह, क्षेत्रीय नेताहरू स्वतन्त्र उम्मेदवार आशिष शर्माको पक्षमा

congress kapilvastu

कपिलवस्तु–१ मा कांग्रेसभित्र असन्तुष्टि, टिकट वितरण प्रक्रियाप्रति क्षेत्रीय कार्यसमितिको असहमति

rabi-lamichane

निर्वाचन आचारसंहिता पालन गर्न रवि लामिछानेलाई प्रशासनको चेतावनी