गौतमबुद्ध सामुदायिक वनको १.६५ करोडको वार्षिक बजेट सार्वजनिक, शिक्षा र स्वास्थ्यमा जोड

कपिलवस्तु, भदौ २५ – गौतमबुद्ध सामुदायिक वन उपभोक्ता समूहले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि आफ्नो नीति, कार्यक्रम र अनुमानित बजेट सार्वजनिक गरेको छ। शनिबार आयोजित कार्यक्रममा समूहका अध्यक्ष सूर्य मल्लले नीति कार्यक्रमसँगै आर्थिक वर्ष २०८१/०८२ को आय–व्यय विवरण पनि प्रस्तुत गर्नुभयो।

“हरियो बन, नेपालको धन” भन्ने नारासहित वन संरक्षण र प्रवर्द्धनमा क्रियाशील उक्त समूहले शिक्षा, स्वास्थ्य र सामाजिक उत्तरदायित्वलाई पनि समान महत्व दिँदै आएको अध्यक्ष मल्लले जानकारी दिनुभयो।

गत आर्थिक वर्षमा वनले १ करोड १९ लाख ३७ हजार रुपैयाँको कारोबार गरेको थियो। साथै, विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण, वडा स्तरीय क्रिकेट प्रतियोगिता, कृषकका लागि तालिम र क्षमता विकास कार्यक्रमहरू सञ्चालन गरिएको थियो।

अघिल्लो वर्षको तुलनामा यो वर्षको अनुमानित आम्दानी १ करोड ६५ लाख रुपैयाँभन्दा बढी रहेको छ। आगामी वर्ष पनि सामुदायिक वनले सामाजिक उत्तरदायित्व अन्तर्गतका विविध कार्यक्रम निरन्तर सञ्चालन गर्ने बताइएको छ।

कार्यक्रममा वनका पदाधिकारीहरू, उपभोक्ता सदस्य, वडा प्रतिनिधिहरू, सशस्त्र प्रहरी बेस क्याम्प चौरीका इन्चार्ज, सञ्चारकर्मी लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा सार्वजनिक सुनुवाइसमेत गरिएको थियो, जसमा सहभागीहरूले उठाएका जिज्ञासाको जवाफ अध्यक्ष मल्लले दिनुभएको थियो।

प्रकाशित मिति: २०८२ भाद्र २६ गते

Loading spinner

संबधित खबर

धेरै पढ़िएको

IMG_1071

धर्मका नाममा राजनीति गर्नेलाई एक भोट पनि नदिनुहोस् : रवि लामिछाने

IMG_3956

तौलिहवामा १ हजारको नक्कली नोट फेला, सतर्क रहन आग्रह

IMG_3955

अराजक गतिविध गर्ने बाणगंगाका रिखिराम भट्टराइलाई अनुसन्धान गर्न अदालतबाट ३ दिन म्याद थप

cb63eef66dffc6564fc2c00e78538de5

सल्यानमा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु, ३ जना घाइते

IMG_3950

कपिलवस्तुमा माघ २९ गते एमालेको युवा भेला : महेश बस्नेत आउँदै

aashish sarama

कपिलवस्तु–१ मा कांग्रेसभित्र विद्रोह, क्षेत्रीय नेताहरू स्वतन्त्र उम्मेदवार आशिष शर्माको पक्षमा

congress kapilvastu

कपिलवस्तु–१ मा कांग्रेसभित्र असन्तुष्टि, टिकट वितरण प्रक्रियाप्रति क्षेत्रीय कार्यसमितिको असहमति

rabi-lamichane

निर्वाचन आचारसंहिता पालन गर्न रवि लामिछानेलाई प्रशासनको चेतावनी