अमृते सामुदायिक वनको १६औं साधारणसभा सम्पन्न, करोडौंको बजेट सार्वजनिक

कपिलवस्तुको बाणगंगा नगरपालिका–९, भर्तापुरस्थित अमृते सामुदायिक वन उपभोक्ता समूहले शनिबार आफ्नो १६औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ। वन कार्यालय परिसरमा आयोजित कार्यक्रममा अध्यक्ष योगेन्द्र पौडेलको अध्यक्षतामा सभा सम्पन्न भएको हो।

सभामा समूहकी सचिव मीना सिंजापतिले आर्थिक वर्ष २०८१/८२ को प्रगति प्रतिवेदन प्रस्तुत गरिन् भने कोषाध्यक्ष सीता शर्मा न्यौपानेले रु. ७ करोड ९३ लाख ५२ हजार ५८१ रुपैयाँ ३५ पैसाको आर्थिक विवरण सार्वजनिक गरिन्। प्रतिवेदन अनुसार, वनले वन संरक्षण, विकास, सदुपयोग, महिला सशक्तिकरण, सीपमूलक तालिम तथा सामाजिक विकासमा बजेट खर्च गरेको छ।

लेखा समिति संयोजक विनोद पुनले लेखा प्रतिवेदनसहित १० बुँदे सुझाव र ६ बुँदे सिफारिस प्रस्तुत गर्दै घुम्तीकोषलाई आयआर्जनमुखी बनाउन र कार्यक्रमहरू कार्यसम्झौतासहित संचालन गर्न सुझाव दिएका छन्।

सभामा अध्यक्ष पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ६ करोड ५७ लाख ३३ हजार २०४ रुपैयाँको वार्षिक बजेट र ४४ बुँदे नीति तथा कार्यक्रम सार्वजनिक गरे। नीति अनुसार, वन डढेलो नियन्त्रणमा विद्यालयहरूसँग सहकार्य, प्राङ्गारिक मल उत्पादन, सीपमूलक तालिम, जेष्ठ नागरिक, महिला, बालबालिका र युवामैत्री कार्यक्रमहरू सञ्चालन गरिनेछ।

वनले गत वर्ष स्थानीय तहसँग लागत साझेदारीमा १६ सय मिटर सडक कालोपत्रे र ९८० मिटर नहर निर्माण गरेको छ। सामुदायिक वनमा ३९० घरधुरी आबद्ध छन् भने १,४६८ उपभोक्ताको प्रतिनिधित्व रहेको छ। वनको कुल क्षेत्रफल ३२६.३७ हेक्टर छ, जहाँ साल, अस्ना, बाँझी र कुम्भी मुख्य वनस्पतिहरू हुन्।

कार्यक्रममा सव-डिभिजन वन कार्यालय गोरुसिँगेका बरिष्ठ वन अधिकृत मोतिलाल पौडेल, वडा अध्यक्ष कमल पौडेल, वैज्ञानिक वन महासंघ लुम्बिनी प्रदेश अध्यक्ष दीपक थापा, साहारा सामुदायिक वन अध्यक्ष ठाकुर खनाललगायतको उपस्थिति थियो।

सभाको अवसरमा अमृते वन उपभोक्ता समूहले भर्तापुर आधारभूत विद्यालयका विपन्न तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण गरेको र जेष्ठ नागरिकलाई नगदसहित सम्मान गरिएको छ।

कार्यक्रम उपाध्यक्ष मिरा पौडेलको स्वागत र सचिव मीना सिंजापतिको सञ्चालनमा सम्पन्न भएको हो।

प्रकाशित मिति: २०८२ भाद्र २३ गते

Loading spinner

संबधित खबर

धेरै पढ़िएको

IMG_1071

धर्मका नाममा राजनीति गर्नेलाई एक भोट पनि नदिनुहोस् : रवि लामिछाने

IMG_3956

तौलिहवामा १ हजारको नक्कली नोट फेला, सतर्क रहन आग्रह

IMG_3955

अराजक गतिविध गर्ने बाणगंगाका रिखिराम भट्टराइलाई अनुसन्धान गर्न अदालतबाट ३ दिन म्याद थप

cb63eef66dffc6564fc2c00e78538de5

सल्यानमा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु, ३ जना घाइते

IMG_3950

कपिलवस्तुमा माघ २९ गते एमालेको युवा भेला : महेश बस्नेत आउँदै

aashish sarama

कपिलवस्तु–१ मा कांग्रेसभित्र विद्रोह, क्षेत्रीय नेताहरू स्वतन्त्र उम्मेदवार आशिष शर्माको पक्षमा

congress kapilvastu

कपिलवस्तु–१ मा कांग्रेसभित्र असन्तुष्टि, टिकट वितरण प्रक्रियाप्रति क्षेत्रीय कार्यसमितिको असहमति

rabi-lamichane

निर्वाचन आचारसंहिता पालन गर्न रवि लामिछानेलाई प्रशासनको चेतावनी