कांग्रेस–एमाले सरकार दलालको दबाबमा बनेको : प्रचण्ड

काठमाडौँ — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस–एमाले नेतृत्वको गठबन्धन सरकार बिचौलिया र दलालहरूको दबाबमा बनेको आरोप लगाएका छन्।

नेपाल उद्योग वाणिज्य महासंघले पोखराको लेकसाइडमा शनिबार आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले, सरकार गठन कुनै सिद्धान्त वा विचारधाराबाट नभई बाह्य प्रभाव र धम्कीको कारण भएको दाबी गरे।

उनले भने, “कांग्रेस–एमालेको सरकार उनीहरूको बुद्धिले बनेको होइन, यो दलाल र बिचौलियाको धाक र धम्कीबाट बनेको हो। हिजो डरले बनेको, आज पनि डरले टिकेको सरकार हो।”

सरकारप्रति आक्रामक रूपमा प्रस्तुत भएका प्रचण्डले कांग्रेस र एमालेले क्रोनी क्यापिटलिजम (निकटस्थ पुँजीवाद) र दलाल प्रवृत्तिको प्रतिनिधित्व गरिरहेको आरोप लगाए। “हामी त्यसको वैकल्पिक शक्ति हौं,” उनले दाबी गरे।

मध्यम वर्गको पक्षमा माओवादी आन्दोलन केन्द्रित रहेको बताउँदै उनले आफूहरू मध्यम वर्गकै प्रतिनिधि भएको स्पष्ट पारे। “ऋण मिनाह, सहकारी सुधार र तल्लो वर्गको उत्थान हाम्रो प्राथमिकता हो,” प्रचण्डले भने।

सहकारीको बचत अपचलनसम्बन्धी प्रसंग कोट्याउँदै उनले कांग्रेस–एमाले नेताहरूलाई समस्या उत्पत्ति गर्ने जडका रूपमा चित्रित गरे। “शक्तिशाली प्राधिकरणमार्फत ठगहरूलाई कारबाही गर्न खोज्दा सरकार नै ढालियो,” उनले गुनासो गरे।

प्रकाशित मिति: २०८२ भाद्र २१ गते

Loading spinner

संबधित खबर

धेरै पढ़िएको

IMG_1071

धर्मका नाममा राजनीति गर्नेलाई एक भोट पनि नदिनुहोस् : रवि लामिछाने

IMG_3956

तौलिहवामा १ हजारको नक्कली नोट फेला, सतर्क रहन आग्रह

IMG_3955

अराजक गतिविध गर्ने बाणगंगाका रिखिराम भट्टराइलाई अनुसन्धान गर्न अदालतबाट ३ दिन म्याद थप

cb63eef66dffc6564fc2c00e78538de5

सल्यानमा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु, ३ जना घाइते

IMG_3950

कपिलवस्तुमा माघ २९ गते एमालेको युवा भेला : महेश बस्नेत आउँदै

aashish sarama

कपिलवस्तु–१ मा कांग्रेसभित्र विद्रोह, क्षेत्रीय नेताहरू स्वतन्त्र उम्मेदवार आशिष शर्माको पक्षमा

congress kapilvastu

कपिलवस्तु–१ मा कांग्रेसभित्र असन्तुष्टि, टिकट वितरण प्रक्रियाप्रति क्षेत्रीय कार्यसमितिको असहमति

rabi-lamichane

निर्वाचन आचारसंहिता पालन गर्न रवि लामिछानेलाई प्रशासनको चेतावनी