सरकारी प्रतिबन्धपछि भाइबर प्ले स्टोरको शीर्षस्थानमा, नेपाली प्रयोगकर्ताको पहिलो रोजाइ

काठमाडौं।
नेपाल सरकारद्वारा २६ वटा सामाजिक सञ्जाल बन्द गरेपछि सन्देश आदान–प्रदान गर्ने एप भाइबर गुगल प्ले स्टोरको शीर्ष स्थानमा पुगेको छ।

२४ घण्टा अघिसम्म प्ले स्टोरको ‘टप फ्री एप’ सूचीमा ५० औं स्थानभन्दा तल रहेको भाइबर एप अहिले एक नम्बरमा उक्लिएको हो। सरकारको निर्णयपछि फेसबुक र म्यासेन्जर जस्ता लोकप्रिय सामाजिक सञ्जाल चल्न छाडेपछि नेपाली प्रयोगकर्ताले वैकल्पिक एपको रूपमा भाइबर रोज्न थालेका छन्।

एन्ड्रोइड प्रयोगकर्ताबीच पछिल्लो २४ घण्टामा भाइबर एपको डाउनलोड अत्यधिक वृद्धि भएपछि ‘राकुटेन भाइबर म्यासेन्जर’ नेपालका लागि टप डाउनलोड एप बनेको हो।

बिहीबार सरकारले दर्ता नभएका सामाजिक सञ्जालहरू बन्द गर्ने निर्णय गरेसँगै फेसबुक, म्यासेन्जर, एक्स (पूर्व ट्विटर), टिकटक लगायतका एपहरू प्रयोग गर्न नसकिने अवस्थामा पुगेका छन्। यसको प्रत्यक्ष असर सामाजिक सञ्जाल प्रयोगकर्तामा परेको देखिन्छ।

यस कारणले गर्दा प्रयोगकर्ताहरू भाइबर, सिग्नल, टेलिग्राम जस्ता वैकल्पिक सन्देश पठाउने एपतर्फ आकर्षित भएका छन्। हाल भाइबर नेपालमा सर्वाधिक डाउनलोड हुने एप बनेको छ।

प्रकाशित मिति: २०८२ भाद्र २१ गते

Loading spinner

संबधित खबर

धेरै पढ़िएको

IMG_1071

धर्मका नाममा राजनीति गर्नेलाई एक भोट पनि नदिनुहोस् : रवि लामिछाने

IMG_3956

तौलिहवामा १ हजारको नक्कली नोट फेला, सतर्क रहन आग्रह

IMG_3955

अराजक गतिविध गर्ने बाणगंगाका रिखिराम भट्टराइलाई अनुसन्धान गर्न अदालतबाट ३ दिन म्याद थप

cb63eef66dffc6564fc2c00e78538de5

सल्यानमा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु, ३ जना घाइते

IMG_3950

कपिलवस्तुमा माघ २९ गते एमालेको युवा भेला : महेश बस्नेत आउँदै

aashish sarama

कपिलवस्तु–१ मा कांग्रेसभित्र विद्रोह, क्षेत्रीय नेताहरू स्वतन्त्र उम्मेदवार आशिष शर्माको पक्षमा

congress kapilvastu

कपिलवस्तु–१ मा कांग्रेसभित्र असन्तुष्टि, टिकट वितरण प्रक्रियाप्रति क्षेत्रीय कार्यसमितिको असहमति

rabi-lamichane

निर्वाचन आचारसंहिता पालन गर्न रवि लामिछानेलाई प्रशासनको चेतावनी