काठमाडौं — नेकपा (एमाले) को सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको छ। पार्टीको विधान अधिवेशनको पूर्वसन्ध्यामा आयोजित बैठकले अधिवेशनसँग सम्बन्धित विभिन्न विषयमा महत्वपूर्ण निर्णयहरू गर्ने जनाएको छ।
एमालेले विधान अधिवेशनको अन्तिम तयारी पूरा गरेको जनाएको छ भने, बैठकमा अधिवेशनमा केन्द्रित रहेर रणनीति तय गरिने बताइएको छ।
यससँगै, अघिल्लो केन्द्रीय कमिटी बैठकमा उठेका फरक मतहरूका बारेमा पनि सचिवालय बैठकले छिनोफानो गर्ने तयारी गरेको स्रोतको भनाइ छ।
प्रकाशित मिति: २०८२ भाद्र १९ गते


