राजनीति ठिक भए मात्र देश प्रगतिको बाटोमा अघि बढ्छ : सभामुख घिमिरे

काठमाडौं — प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले देश निर्माणको सबैभन्दा महत्वपूर्ण क्षेत्र राजनीति भएको बताउनु भएको छ।

पूर्वसांसद मञ्चको २६औं स्थापना दिवसका अवसरमा संसद भवनमा आयोजित कार्यक्रममा बोल्दै सभामुख घिमिरेले भने, “राजनीति सहि दिशामा रहे देशले उन्नति र प्रगति गर्छ, तर राजनीति विकृत भए सम्पूर्ण क्षेत्र प्रभावित हुन्छन्।”

उहाँले नेपालले विगतमा विभिन्न राजनीतिक आरोह-अवरोह भोगेको उल्लेख गर्दै, पूर्वसांसदहरुसँग यस्ता अनुभव र ज्ञान प्रशस्त रहेको बताउनुभयो।

सभामुख घिमिरेले वर्तमान संविधानले राखेका लक्ष्यहरू, संविधान कार्यान्वयन, सरकार निर्माण, र संसदको भूमिकालाई प्रभावकारी बनाउन पूर्वसांसदहरूको योगदान उल्लेखनीय रहेको बताउँदै, पूर्वसांसदहरूप्रति सम्मान र स्वास्थ्य उपचारको प्रवद्र्धनका लागि पहल गर्ने प्रतिवद्धता जनाउनुभयो।

उहाँले राज्यसँग पूर्वसांसदहरू कुन अवस्थामा छन् भन्ने विषयमा यथेष्ट जानकारी नभएको बताएर, यस अवस्थाको अन्त्य गर्न जरुरी रहेकोमा जोड दिनुभयो।

कार्यक्रममा मञ्चले ७० वर्ष उमेर पूरा गरेका पूर्वसांसदहरूलाई सम्मान गरेको थियो।

प्रकाशित मिति: २०८२ भाद्र १९ गते

Loading spinner

संबधित खबर

धेरै पढ़िएको

IMG_1071

धर्मका नाममा राजनीति गर्नेलाई एक भोट पनि नदिनुहोस् : रवि लामिछाने

IMG_3956

तौलिहवामा १ हजारको नक्कली नोट फेला, सतर्क रहन आग्रह

IMG_3955

अराजक गतिविध गर्ने बाणगंगाका रिखिराम भट्टराइलाई अनुसन्धान गर्न अदालतबाट ३ दिन म्याद थप

cb63eef66dffc6564fc2c00e78538de5

सल्यानमा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु, ३ जना घाइते

IMG_3950

कपिलवस्तुमा माघ २९ गते एमालेको युवा भेला : महेश बस्नेत आउँदै

aashish sarama

कपिलवस्तु–१ मा कांग्रेसभित्र विद्रोह, क्षेत्रीय नेताहरू स्वतन्त्र उम्मेदवार आशिष शर्माको पक्षमा

congress kapilvastu

कपिलवस्तु–१ मा कांग्रेसभित्र असन्तुष्टि, टिकट वितरण प्रक्रियाप्रति क्षेत्रीय कार्यसमितिको असहमति

rabi-lamichane

निर्वाचन आचारसंहिता पालन गर्न रवि लामिछानेलाई प्रशासनको चेतावनी