झुम्का कारागारमा अज्ञात रोग फैलिँदा चार दिनमै तीन कैदीको मृत्यु, १३ जना उपचाररत

सुनसरीको झुम्का कारागारमा अज्ञात रोग फैलिँदा चार दिनको अन्तरालमा तीन जना कैदीबन्दीको मृत्यु भएको छ भने अन्य १३ जना बिरामी परेर अस्पतालमा उपचाररत छन्।

कारागारभित्र कैदीहरूमा उच्च ज्वरो, वान्ता, र श्वासप्रश्वासमा समस्या देखिन थालेपछि उनीहरूलाई अस्पतालमा भर्ना गरिएको थियो। उपचारकै क्रममा तीन जनाको ज्यान गएको हो।

सुनसरीका प्रहरी प्रमुख एसपी सुमन तिम्सिनाका अनुसार बुधबार दिउँसो अचानक बेहोस भएका सप्तरीको राजविराज–८ निवासी ४६ वर्षीय जलेश्वर यादवलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याइएपनि साँझ मृत्यु भएको थियो। उनी जबरजस्ती करणी मुद्दामा सजाय काटिरहेका थिए।

यसअघि भदौ १५ गते गढी गाउँपालिका–६ निवासी ४८ वर्षीय रामदेव उराव र भदौ १६ गते धरानका २४ वर्षीय सागर राईको मृत्यु भइसकेको थियो। उराव कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका थिए भने राई लागूऔषध मुद्दामा पुर्पक्षका लागि थुनामा थिए।

अहिले कारागारमा विरामीको संख्या बढ्दै गएपछि जिल्ला सुरक्षा समिति सुनसरीको टोलीले बुधबार रातिदेखि नै स्वास्थ्य शिविर सञ्चालन गरेको छ। कारागार प्रशासनका अनुसार हाल झुम्का कारागारमा १,७९५ जना कैदीबन्दी रहेका छन्।

अहिलेसम्म मृत्युको कारण पुष्टि भइनसकेको भए पनि स्वास्थ्य परीक्षण र उपचार प्रक्रिया तीव्र पारिएको जनाइएको छ।

प्रकाशित मिति: २०८२ भाद्र १९ गते

Loading spinner

संबधित खबर

धेरै पढ़िएको

IMG_1071

धर्मका नाममा राजनीति गर्नेलाई एक भोट पनि नदिनुहोस् : रवि लामिछाने

IMG_3956

तौलिहवामा १ हजारको नक्कली नोट फेला, सतर्क रहन आग्रह

IMG_3955

अराजक गतिविध गर्ने बाणगंगाका रिखिराम भट्टराइलाई अनुसन्धान गर्न अदालतबाट ३ दिन म्याद थप

cb63eef66dffc6564fc2c00e78538de5

सल्यानमा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु, ३ जना घाइते

IMG_3950

कपिलवस्तुमा माघ २९ गते एमालेको युवा भेला : महेश बस्नेत आउँदै

aashish sarama

कपिलवस्तु–१ मा कांग्रेसभित्र विद्रोह, क्षेत्रीय नेताहरू स्वतन्त्र उम्मेदवार आशिष शर्माको पक्षमा

congress kapilvastu

कपिलवस्तु–१ मा कांग्रेसभित्र असन्तुष्टि, टिकट वितरण प्रक्रियाप्रति क्षेत्रीय कार्यसमितिको असहमति

rabi-lamichane

निर्वाचन आचारसंहिता पालन गर्न रवि लामिछानेलाई प्रशासनको चेतावनी