कपिलवस्तु — जिल्लाको शुद्धोधन गाउँपालिका–५ निवासी ३९ वर्षीय राधेश्याम विश्वकर्मा विस्फोटक पदार्थसहित पक्राउ परेका छन्।
प्रहरी नायव उपरीक्षक (डीएसपी) रिपेन्द्र कुमार सिंहका अनुसार विश्वकर्मालाई बुधबार बिहान साढे ६ बजे मायादेवी गाउँपालिका–९, पकडीस्थित राकेश कुमार यादवको घरमा लुकाइएको अवस्थामा पक्राउ गरिएको हो।
उनको साथबाट बम, बम विस्फोट गराउने उपकरण (बुट्टा) तथा अन्य शंकास्पद सामग्री बरामद गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान सुरु गरेको छ।
प्रकाशित मिति: २०८२ भाद्र १८ गते


