कपिलवस्तुबाट ८९ जना सडकआश्रित मानवको उद्धार

कपिलवस्तु — पछिल्लो सात वर्षको अवधिमा कपिलवस्तुका विभिन्न स्थानबाट ८९ जना सडकआश्रित मानवको उद्धार गरिएको छ। मानव सेवा आश्रमले खुला आकाशमुनी, सडकपेटी र सार्वजनिक स्थानहरूमा बस्न बाध्य भएकाहरूको उद्धार गर्दै आएको हो।

बुधबार जिल्ला समन्वय समिति, कपिलवस्तुमा आयोजित कार्यक्रममा बोल्दै मानव सेवा आश्रमका केन्द्रिय अध्यक्ष रामजी अधिकारीले २०७५ सालदेखि हालसम्म ५४ पुरुष र ३५ महिला गरी कुल ८९ जनाको उद्धार गरिएको जानकारी दिनुभयो।

उद्धार गरिएकामध्ये सबैभन्दा धेरै शिवराज नगरपालिकाबाट ३४ जना, बाणगंगाबाट २० जना, कपिलवस्तु नगरपालिकाबाट १६ जना, बुद्धभूमिबाट ८ जना, र कृष्णनगर नगरपालिकाबाट ५ जनाको उद्धार गरिएको छ। मायादेवी गाउँपालिकाबाट २ जना, विजयनगरबाट ३ जना र शुद्धोधन गाउँपालिकाबाट १ जनाको पनि उद्धार गरिएको छ।

मानव सेवा आश्रमले देशभर हालसम्म १२,०५२ जना सडकआश्रित मानवको उद्धार गरेको छ भने, तीमध्ये ४,९३२ जनालाई आफ्नै परिवारमा पुनर्मिलन गराएको जनाएको छ।

अध्यक्ष अधिकारीले कपिलवस्तुलाई “सडकआश्रित मानवमुक्त” क्षेत्र घोषणा गर्ने अभियानमा सबै स्थानीय तह, सरकारी निकाय र सरोकारवालाको सहयोग आवश्यक रहेको भन्दै साथ र सहकार्यको अपिल गर्नुभयो। उहाँका अनुसार धेरै स्थानीय तहले आश्रमसँग सहकार्य गरे पनि केही पालिकाले अझै बजेट विनियोजन नगरेको गुनासो पनि गर्नुभयो।

जिल्ला समन्वय समिति कपिलवस्तुका प्रमुख बाबुराम आचार्यले मानव सेवा आश्रमले गरेको कार्य अत्यन्त सराहनीय रहेको बताउँदै, यस्ता परोपकारी संस्थाहरूसँग स्थानीय तथा प्रदेश सरकारले सहकार्य गर्नुपर्ने धारणा राख्नुभयो।

बाणगंगा नगरपालिकाका नगरप्रमुख चक्र अर्यालले सडकआश्रित मानवको उद्धारमा स्थानीय सरकार पहिलो जिम्मेवार रहेको बताउँदै, मानव सेवा आश्रमसँगको समन्वयले काम सहज भएको बताउनुभयो। बाणगंगामा सडकआश्रित मानव नरहेको दाबी गर्दै, यस्ता व्यक्तिहरू भेटिएमा उद्धारमा नगरपालिका सधैं सक्रिय रहने प्रतिवद्धता जनाउनुभयो। साथै, सामाजिक सेवामा समर्पित मानव सेवा आश्रमलाई बाणगंगाले निरन्तर आर्थिक सहयोग गर्दै आएको समेत जानकारी दिनुभयो।

शिवराज नगरपालिकाका नगरप्रमुख अजय थापाले सडकमा जीवन बिताउन बाध्य व्यक्तिहरूको उद्धार गरेर नयाँ जीवन दिने कार्य पुण्यको काम भएको बताउनुभयो। उहाँले अब शिवराजमा कोही सडकमा मर्नुपर्ने अवस्था नरहेको प्रस्ट पार्नुभयो।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले सडकआश्रित मानवमुक्त राष्ट्र निर्माणका लागि नेपाल सरकारले अघि सारेको नीतिमा आफूहरूको पूर्ण समर्थन र सहकार्य रहने प्रतिबद्धता जनाउनुभयो।

जिल्ला समन्वय समिति कपिलवस्तुका समन्वय अधिकृत जनार्दन अधिकारीले सञ्चालन गर्नुभएको कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, प्रहरी, सञ्चारकर्मी लगायतको उपस्थिति थियो।

मानव सेवा आश्रमले सहयोगापेक्षी र असहाय सडकआश्रित मानवको मानवोचित व्यवस्थापन, औषधोपचार, पालनपोषण र पुनर्जीवनका लागि ‘मानवता प्रवर्द्धन महाअभियान’ सञ्चालन गर्दै आएको छ। यस अभियानले नेपाललाई सडकआश्रित मानवमुक्त राष्ट्र बनाउने लक्ष्य लिएको छ।

प्रकाशित मिति: २०८२ भाद्र १८ गते

Loading spinner

संबधित खबर

धेरै पढ़िएको

IMG_1071

धर्मका नाममा राजनीति गर्नेलाई एक भोट पनि नदिनुहोस् : रवि लामिछाने

IMG_3956

तौलिहवामा १ हजारको नक्कली नोट फेला, सतर्क रहन आग्रह

IMG_3955

अराजक गतिविध गर्ने बाणगंगाका रिखिराम भट्टराइलाई अनुसन्धान गर्न अदालतबाट ३ दिन म्याद थप

cb63eef66dffc6564fc2c00e78538de5

सल्यानमा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु, ३ जना घाइते

IMG_3950

कपिलवस्तुमा माघ २९ गते एमालेको युवा भेला : महेश बस्नेत आउँदै

aashish sarama

कपिलवस्तु–१ मा कांग्रेसभित्र विद्रोह, क्षेत्रीय नेताहरू स्वतन्त्र उम्मेदवार आशिष शर्माको पक्षमा

congress kapilvastu

कपिलवस्तु–१ मा कांग्रेसभित्र असन्तुष्टि, टिकट वितरण प्रक्रियाप्रति क्षेत्रीय कार्यसमितिको असहमति

rabi-lamichane

निर्वाचन आचारसंहिता पालन गर्न रवि लामिछानेलाई प्रशासनको चेतावनी