१० दिनभित्र भारतबाट युरिया मल नेपाल आइपुग्ने : कृषि मन्त्री अधिकारी

कुरा नेपाल कपिलवस्तु,
नेपाल सरकारका कृषि तथा पशुपंक्षी विकास मन्त्री रामनाथ अधिकारीले भारतबाट १० दिनभित्र युरिया मल नेपाल ल्याइने दाबी गर्नुभएको छ। उहाँका अनुसार कोलकाता पुगेको मल आवश्यक प्रक्रिया पूरा गरी छिट्टै नेपाल ल्याइनेछ।

कपिलवस्तु जिल्लाको चन्द्रौटामा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले किसानलाई समयमै मल उपलब्ध गराउने सरकारको प्रयास रहेको जनाउनुभयो। नेपाली कांग्रेस जिल्ला सभापति तथा महाराजगञ्ज नगरपालिकाका मेयर अब्दुल कलामको निवासमा आयोजित भेटघाटमा उहाँले वास्तविक कृषकलाई प्राथमिकतामा राखेर मल वितरण गरिने आश्वासन दिनुभयो।

मन्त्री अधिकारीले कपिलवस्तुजस्ता उपजाउ क्षेत्रहरूमा मलको आपूर्ति अझ प्रभावकारी बनाउनेतर्फ प्रदेश सरकार र स्थानीय तहले अग्रसरता लिनुपर्नेमा जोड दिनुभयो। “ठूलो क्षेत्रफलमा खेती गर्ने किसानले मलको अभावका कारण उत्पादनमा घाटा बेहोर्न नपरोस् भन्ने हाम्रो लक्ष्य हो,” उहाँले भन्नुभयो।

कार्यक्रममा मेयर अब्दुल कलामले जिल्लाका किसानहरू मल अभावका कारण चिन्तित रहेको भन्दै चाँडो मल उपलब्ध गराउन सरकारसँग आग्रह गर्नुभयो। “खेती गर्ने मुख्य समयमा मल नपाउँदा उत्पादनमा भारी गिरावट आएको छ,” उहाँले भन्नुभयो।

भेटघाटमा सहभागी किसानहरूले सरकारको ढिलासुस्तीप्रति गुनासो गरेका छन्। उनीहरूले बजारमा महँगो दरमा मल खरिद गर्नुपर्ने, सरकारी वितरण प्रणाली ढिलो हुने, र समयमा मल नपाउँदा खेतीमा लगानी डुब्ने स्थिति आएको बताएका छन्।

नेपाली कांग्रेसका जिल्ला उपसभापति उमाकान्त खनालले तत्काल मल र बिउ उपलब्ध गराउन माग गर्दै किसानको समस्यालाई सामान्य रूपमा नलिन सरकारलाई सचेत गराउनुभयो।

यसअघि पनि मौसमी खेती सुरु हुने बेलामा मल अभाव हुने गरेको भन्दै किसानहरूले सरकारलाई योजनाबद्धरूपमा काम नगरेको आरोप लगाउँदै आएका छन्। विशेष गरी कपिलवस्तु र अन्य तराईका जिल्लामा धान, गहुँ, मकैजस्ता मुख्य अन्नबालीमा मल अभावका कारण उत्पादनमा गिरावट आउने खतरा बढ्दै गएको छ। कृषक संघसंस्था र स्थानीय तहको ध्यानाकर्षण हुँदासमेत समस्या समाधान नभएको किसानहरूको गुनासो छ।

प्रकाशित मिति: २०८२ भाद्र १५ गते

Loading spinner

संबधित खबर

धेरै पढ़िएको

IMG_1071

धर्मका नाममा राजनीति गर्नेलाई एक भोट पनि नदिनुहोस् : रवि लामिछाने

IMG_3956

तौलिहवामा १ हजारको नक्कली नोट फेला, सतर्क रहन आग्रह

IMG_3955

अराजक गतिविध गर्ने बाणगंगाका रिखिराम भट्टराइलाई अनुसन्धान गर्न अदालतबाट ३ दिन म्याद थप

cb63eef66dffc6564fc2c00e78538de5

सल्यानमा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु, ३ जना घाइते

IMG_3950

कपिलवस्तुमा माघ २९ गते एमालेको युवा भेला : महेश बस्नेत आउँदै

aashish sarama

कपिलवस्तु–१ मा कांग्रेसभित्र विद्रोह, क्षेत्रीय नेताहरू स्वतन्त्र उम्मेदवार आशिष शर्माको पक्षमा

congress kapilvastu

कपिलवस्तु–१ मा कांग्रेसभित्र असन्तुष्टि, टिकट वितरण प्रक्रियाप्रति क्षेत्रीय कार्यसमितिको असहमति

rabi-lamichane

निर्वाचन आचारसंहिता पालन गर्न रवि लामिछानेलाई प्रशासनको चेतावनी