कपिलवस्तुमा पुस्तकालय दिवस, पुस्तकालय सशक्तीकरणमा जोड

कुरा नेपाल कपिलवस्तु,
१८औँ पुस्तकालय दिवस २०८२ को अवसरमा लुम्बिनी प्रदेशको कपिलवस्तुमा भव्य समारोहसहित पुस्तकालय दिवस मनाइएको छ। “हाम्रो पुस्तकालय, हाम्रो भविष्य” भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा पुस्तकालयको महत्वलाई नयाँ ढंगले उजागर गरिएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले पुस्तकालयलाई केवल किताब राख्ने ठाउँ नभएर ज्ञान, चेतना र संस्कृतिको केन्द्रका रूपमा परिभाषित गरे। उनले भने, “पुस्तकालयहरू समाज शिक्षित, सशक्त र जागरूक बनाउने अमूल्य सम्पत्ति हुन्। सूचना र प्रविधिको युगमा यसको भूमिका अझ महत्वपूर्ण बनेको छ।”

उनले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको २०८२ सालको सर्वेक्षणअनुसार लुम्बिनी प्रदेशमा ११० सामुदायिक पुस्तकालय रहेको जानकारी दिए। ती पुस्तकालयहरूको पहिचान, स्तरोन्नति र सुदृढीकरणलाई प्रदेश सरकारको प्राथमिकतामा राखिएको उनले बताए। साथै, सामुदायिक पुस्तकालयलाई शैक्षिक स्रोत केन्द्रको रूपमा विकास गर्ने, विद्यालय पुस्तकालयलाई आधुनिक बनाउने, डिजिटल प्रणाली विस्तार गर्ने र निजी क्षेत्रसहितको सहकार्यलाई जोड दिइएको जानकारीसमेत दिए।

मन्त्री तिमिल्सिनाले पुस्तकालय दिवसको नाराले सबैमा जिम्मेवारी र संकल्पको भावना जगाएको भन्दै पुस्तकालय अभियानमा सबैलाई जोडिन आग्रह गरे। उनले बालबालिकादेखि वृद्धसम्म सबै पुस्तालाई पुस्तकालयतर्फ आकर्षित गर्नुपर्ने र अध्ययन–संस्कृतिको पुनर्जागरणमार्फत उज्ज्वल भविष्य निर्माण गर्नुपर्नेमा जोड दिए।

कार्यक्रमका अवसरमा वि.सं. १९९३ मा स्थापना गरिएको पशुपति प्रताप पुस्तकालयलाई पठन-संस्कृति प्रवर्द्धनमा योगदान गरेको भन्दै सम्मान गरिएको थियो। मन्त्री तिमिल्सिनाले सो पुस्तकालयको योगदानको खुलेर प्रशंसा गर्दै यसको विकासमा आवश्यक सहयोग प्रदान गर्ने प्रतिबद्धता जनाए।

समारोहमा लुम्बिनी प्रदेश सभा सदस्य सुधाकर पाण्डे, मन्त्रालयका सचिव बसन्त प्रसाद कोईराला, मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सचिव कबिन्द्र नेपाल, कपिलवस्तु जिल्लाका विभिन्न पालिकाका प्रमुख तथा उपप्रमुख, जनप्रतिनिधि, प्रहरी प्रमुख, समाजसेवी, शिक्षक, विद्यार्थी र पत्रकारहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रममा वक्तृत्वकला प्रतियोगिताका विजयी विद्यार्थीहरूलाई पुरस्कार वितरण, प्रतिभावान विद्यार्थीहरूलाई सम्मान तथा समाजका विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो।

प्रकाशित मिति: २०८२ भाद्र १५ गते

Loading spinner

संबधित खबर

धेरै पढ़िएको

IMG_1071

धर्मका नाममा राजनीति गर्नेलाई एक भोट पनि नदिनुहोस् : रवि लामिछाने

IMG_3956

तौलिहवामा १ हजारको नक्कली नोट फेला, सतर्क रहन आग्रह

IMG_3955

अराजक गतिविध गर्ने बाणगंगाका रिखिराम भट्टराइलाई अनुसन्धान गर्न अदालतबाट ३ दिन म्याद थप

cb63eef66dffc6564fc2c00e78538de5

सल्यानमा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु, ३ जना घाइते

IMG_3950

कपिलवस्तुमा माघ २९ गते एमालेको युवा भेला : महेश बस्नेत आउँदै

aashish sarama

कपिलवस्तु–१ मा कांग्रेसभित्र विद्रोह, क्षेत्रीय नेताहरू स्वतन्त्र उम्मेदवार आशिष शर्माको पक्षमा

congress kapilvastu

कपिलवस्तु–१ मा कांग्रेसभित्र असन्तुष्टि, टिकट वितरण प्रक्रियाप्रति क्षेत्रीय कार्यसमितिको असहमति

rabi-lamichane

निर्वाचन आचारसंहिता पालन गर्न रवि लामिछानेलाई प्रशासनको चेतावनी