काठमाडौँ, १३ भदौ — नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ। बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य तोलामा १,२०० रुपैयाँले वृद्धि भई दुई लाख ६ सय रुपैयाँमा पुगेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, आज (शुक्रबार) एक तोला सुनको मूल्य रु २,००,६०० तोकिएको छ। यस्तै, चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले बढेर २,३६० रुपैयाँ पुगेको छ।
यसअघि बिहीबार सुनको मूल्य तोलामा १,९९,४०० रुपैयाँ र चाँदीको मूल्य २,३५५ रुपैयाँ थियो।
अन्तर्राष्ट्रिय बजारमा समेत सुनको दर उच्च देखिएको छ। आज प्रतिऔँस (ounce) सुन ३,४०८ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
सुनको मूल्यमा भएको यो उल्लेखनीय वृद्धि आन्तरिक बजारसँगै अन्तर्राष्ट्रिय आर्थिक परिदृश्यसँग पनि सम्बन्धित मानिन्छ।
प्रकाशित मिति: २०८२ भाद्र १३ गते


