सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले देशभरका पालिकामा अबदेखि ‘निमित्त’ प्रमुख प्रशासकीय अधिकृत नरहने स्पष्ट घोषणा गर्नुभएको छ।
उहाँले देशभरका करिब २०० पालिकामा हालसम्म निमित्त अधिकृतका भरमा काम चलिरहेको जानकारी दिँदै अब ती सबैमा स्थायी प्रमुख प्रशासकीय अधिकृत खटाइसकेको बताउनुभयो।
फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै मन्त्री न्यौपानेले सुशासन कायम गर्न कर्मचारी प्रशासनलाई निरन्तर सुधार र परिमार्जन गर्दै अघि बढिरहेको उल्लेख गर्नुभयो।
उहाँका अनुसार, आफू मन्त्री बनेको समयमै सबै पालिकामा प्रमुख प्रशासकीय अधिकृत खटाउने भन्ने प्रतिबद्धता व्यक्त गरिएको थियो, र अहिले त्यसको कार्यान्वयन सम्पन्न गरिएको छ।
प्रकाशित मिति: २०८२ भाद्र १३ गते


