नागरिक उन्मुक्ति पार्टी भित्रको विवाद सतहमा, कार्यकर्ता निराश

नागरिक उन्मुक्ति पार्टी (नाउपा) भित्रको आन्तरिक विवाद सतहमा आएको छ, जसको असर तल्लो तहका नेता तथा कार्यकर्तामा देखिन थालेको छ। अध्यक्ष रञ्जिता श्रेष्ठ र पार्टी संरक्षक रेशम चौधरीबीचको बढ्दो विवादले कार्यकर्ता निराश बनेका छन्।

पार्टीबाट कैलारी गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार रहनुभएका नेता भीष्मराज चौधरीका अनुसार, स्थानीयस्तरमा चुनावको तयारीमा जुटेका कार्यकर्ता अहिले शीर्ष नेतृत्वको भनाभन र गुटबन्दीले खिन्न बनेका छन्। “उहाँहरू सुध्रिनुहुन्छ भन्ने आशा छ, नत्र कार्यकर्ताले सोच्न बाध्य हुन्छन्,” चौधरीले भने।

दुई नेताबीचको विवादकै कारण सुदूरपश्चिम प्रदेशमा नाउपाले मुख्यमन्त्री गुमाएको, केही मन्त्री बर्खास्त भएको र पार्टीको विश्वसनीयता संकटमा परेको कार्यकर्ताहरूको गुनासो छ।

केही दिनअघि संरक्षक रेशम चौधरीले बहुमत केन्द्रीय सदस्यहरूको समर्थनमा अध्यक्ष श्रेष्ठलाई हटाउँदै सांसद लालवीर चौधरीलाई अध्यक्ष घोषणा गर्नुभएको थियो। तर निर्वाचन आयोगले श्रेष्ठलाई नै वैध अध्यक्ष मानेपछि विवाद झन् चर्किएको छ। पार्टी विभाजनको अवस्थामा पुगेको भन्दै केही कार्यकर्ताले पार्टी नै छाड्न थालेका छन्।

भीष्मराज चौधरीका अनुसार, तल्लो तहमा संगठन सक्रिय रहे पनि नेतृत्व तहको झगडाले कार्यकर्ताको मनोबल कमजोर बनेको छ। “हामी संगठन र मुद्दामा अडिग छौं,” उनले भने, “तर शीर्ष नेताको आचरणले झस्काएको छ।”

पार्टी अध्यक्ष श्रेष्ठको ‘चर्तिकलाप’ प्रति असन्तुष्टि जनाउँदै कैलारी गाउँपालिकाका अध्यक्ष शंकर चौधरीले भने, “पार्टीको विधि र अनुशासन विपरीत गतिविधि देखिएको छ, कार्यकर्ता त्यसबाट पीडित छन्। तर हामी अझै रेशमवादी विचारमा एकढिक्का छौं।”

भजनी नगरपालिका–३ का वडाध्यक्ष तथा नाउपाका नेता विक्रम चौधरीले भने यो विवादलाई ‘श्रीमान–श्रीमतीको झगडा’का रूपमा लिएका छन्। “यो त परालको आगो जस्तो हो,” उनले भने, “दुवै मिलेपछि सबै ठिक हुन्छ।”

प्रदेशसभा सदस्य कैलाश चौधरीले पनि विवादको असर कैलालीमा खासै नपरेको दाबी गर्दै, “ग्रासरुटका नेता, कार्यकर्ता र जनतामा विभाजन देखिँदैन। उनीहरू नेतृत्वबाट स्पष्टता र एकता चाहन्छन्,” भने।

थरुहट आन्दोलनको जगबाट उदाएको नाउपा २०७९ को निर्वाचनमा सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा प्रभावशाली बनेको थियो। राष्ट्रिय पार्टी बन्ने नजिक पुगेको यस पार्टीप्रति जनताको सहानुभूति उच्च थियो। तर हालको आन्तरिक विवादले पार्टीको छवि र कार्यकर्ता मनोबलमा नकारात्मक असर पारेको देखिन्छ।

प्रकाशित मिति: २०८२ भाद्र १२ गते

Loading spinner

संबधित खबर

धेरै पढ़िएको

IMG_1071

धर्मका नाममा राजनीति गर्नेलाई एक भोट पनि नदिनुहोस् : रवि लामिछाने

IMG_3956

तौलिहवामा १ हजारको नक्कली नोट फेला, सतर्क रहन आग्रह

IMG_3955

अराजक गतिविध गर्ने बाणगंगाका रिखिराम भट्टराइलाई अनुसन्धान गर्न अदालतबाट ३ दिन म्याद थप

cb63eef66dffc6564fc2c00e78538de5

सल्यानमा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु, ३ जना घाइते

IMG_3950

कपिलवस्तुमा माघ २९ गते एमालेको युवा भेला : महेश बस्नेत आउँदै

aashish sarama

कपिलवस्तु–१ मा कांग्रेसभित्र विद्रोह, क्षेत्रीय नेताहरू स्वतन्त्र उम्मेदवार आशिष शर्माको पक्षमा

congress kapilvastu

कपिलवस्तु–१ मा कांग्रेसभित्र असन्तुष्टि, टिकट वितरण प्रक्रियाप्रति क्षेत्रीय कार्यसमितिको असहमति

rabi-lamichane

निर्वाचन आचारसंहिता पालन गर्न रवि लामिछानेलाई प्रशासनको चेतावनी