एमाले वाणगंगा आफ्नै भवन निर्माणतर्फ, “मनमोहन स्मृति भवन” बन्ने

वाणगंगा, कपिलवस्तु | नेकपा (एमाले) वाणगंगा नगरकमिटीले आफ्नै सुविधा सम्पन्न भवन निर्माणको प्रक्रिया अघि बढाएको छ। वाणगंगा नगरपालिका–२, पिपरास्थित पार्टीको नाममा रहेको १७ धुर जग्गामा थप १० धुर जमिन खरिद गरी २ तले आधुनिक भवन निर्माण गर्ने निर्णय गरिएको छ।

नगरकमिटीको हालै सम्पन्न बैठकले “मनमोहन स्मृति भवन” नाममा भवन निर्माण गर्ने निर्णयसमेत गरेको हो। उक्त प्रयोजनका लागि बिश्व कार्कीको संयोजकत्वमा ११ सदस्यीय जग्गा व्यवस्थापन समिति गठन गरिएको छ।

समितिका सदस्यहरूमा:

  • नगरअध्यक्ष सोमनाथ अर्याल
  • वडा अध्यक्ष विष्णु पौडेल
  • जिल्ला विद्यालय विभाग सदस्य कमल क्षेत्री
  • नगर उपाध्यक्ष भिम थापा
  • सचिव चेतनारायण भण्डारी
  • मुक्तबहादुर कार्की
  • नहकुल शाही
  • कृष्णप्रसाद गैरे
  • सरोजमणि पौडेल
  • नरेन्द्र बस्याल
    र संयोजक बिश्व कार्की स्वयं रहेका छन्।

सुरुवातमै सहयोग जुट्दै

भवन निर्माणको सुरुवाती चरणमै सहयोग जुट्न थालेको छ। नगर उपसचिव जगतराज रेग्मीले रु. १,११,१११ सहयोग गर्ने घोषणा गरेका छन्। यस्तै, जिल्ला विद्यालय विभाग सदस्य तथा वरिष्ठ समाजसेवी कमल क्षेत्रीले रु. ५५,५५५ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। बैठकले उनीहरूको योगदानप्रति विशेष धन्यवाद प्रकट गरेको छ।

वाणगंगाको उपलब्धिमा सामूहिक गर्व

बैठकले वाणगंगा नगरपालिका देशका ७५३ पालिकामध्ये स्वमूल्यांकन, सामाजिक उत्तरदायित्व, वित्तीय सुशासन र आर्थिक जवाफदेहिताको आधारमा ८औं स्थान हासिल गरेको सुखद उपलब्धिलाई साझा गर्वको विषयका रूपमा स्वागत गरेको छ। यस उपलब्धिका लागि नगर प्रमुख, राष्ट्रसेवक कर्मचारी र सम्पूर्ण नगरबासीप्रति आभार व्यक्त गरिएको छ।

कार्यक्रम नगर अध्यक्ष सोमनाथ अर्यालको अध्यक्षता, प्रदेश कमिटी सदस्य तथा नगर इन्चार्ज चक्रपाणि अर्यालको प्रमुख आतिथ्यता, र प्रदेश कमिटी सदस्य डम्बर शर्मा तथा जिल्ला उपाध्यक्ष शंकर पाण्डेको विशेष आतिथ्यतामा सम्पन्न भयो। कार्यक्रमको सहजीकरण नगर सचिव चेतनारायण भण्डारीले गरेका थिए।

प्रकाशित मिति: २०८२ भाद्र १२ गते

Loading spinner

संबधित खबर

धेरै पढ़िएको

IMG_1071

धर्मका नाममा राजनीति गर्नेलाई एक भोट पनि नदिनुहोस् : रवि लामिछाने

IMG_3956

तौलिहवामा १ हजारको नक्कली नोट फेला, सतर्क रहन आग्रह

IMG_3955

अराजक गतिविध गर्ने बाणगंगाका रिखिराम भट्टराइलाई अनुसन्धान गर्न अदालतबाट ३ दिन म्याद थप

cb63eef66dffc6564fc2c00e78538de5

सल्यानमा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु, ३ जना घाइते

IMG_3950

कपिलवस्तुमा माघ २९ गते एमालेको युवा भेला : महेश बस्नेत आउँदै

aashish sarama

कपिलवस्तु–१ मा कांग्रेसभित्र विद्रोह, क्षेत्रीय नेताहरू स्वतन्त्र उम्मेदवार आशिष शर्माको पक्षमा

congress kapilvastu

कपिलवस्तु–१ मा कांग्रेसभित्र असन्तुष्टि, टिकट वितरण प्रक्रियाप्रति क्षेत्रीय कार्यसमितिको असहमति

rabi-lamichane

निर्वाचन आचारसंहिता पालन गर्न रवि लामिछानेलाई प्रशासनको चेतावनी